• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

वीरगञ्ज युनाइटेडले प्लेअफमा पुग्ने अवसर गुमायो



काठमाडौं । वीरगञ्ज युनाइटेडले शनिवार पुछारको टोली बुटवल लुम्बिनीसँग १–० ले हार व्यहोरेसँगै प्लेअफमा पुग्ने अवसर खेर फालेको छ ।

दशरथ रंगशालामा जितले वीरंगज युनाइटेडको डेब्यु सिजनमै प्लेअफ यात्रा गर्ने अबसर थियो  । तर, वीरगञ्ज फिनिसिङ चुक्यो र अन्तिम समयमा गोल व्यहोरेपछि साँघुरो हार व्यहोर्न बाध्य भयो । यो नतिजासँग आठ खेल पूरा गरेर १० अंकसहित चौथो स्थानमा रहेको झापाको प्लेअफ सम्भावना जीवन्त रह्यो ।

आजकै दोस्रो तथा यो सिजनकै अन्तिम लिग खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटीबिरुद्ध जित निकालेमा भने झापाको प्लेअफ लक्ष्य पूरा हुनेछैन । यो खेलमा बराबरी या काठमाडौंको हारले भने झापाको प्लेअफ यात्रा सम्भव हुनेछ ।

शनिवारको जितपछि बुटवल लुम्बिनी आठ खेलबाट १० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । यता, हार व्यहोरेपछि वीरगंज भने आठ खेलबाट आठ अंकसहित सातौं स्थानमा यथावत छ । त्यसअघि खेलको पहिलो आक्रमण बुटवलले दशौं मिनेटमा गरेको थियो । जिलेस्पीजंग कार्कीको प्रहार डिफ्लेक्ट भएर बाहिरिएपछि बुटवल अग्रता लिन चुक्यो । एक मिनेटपछि नै वीरगंजका ओबेदको बक्स बाहिरबाट प्रहार पोस्टको दिशामा हुन सकेन । १५ औं मिनेटमा जिलेस्पीको क्रस दीप कार्कीले सहजै रोके ।

लगत्तै वीरगञ्जले पेनाल्टी अपील गरे पनि रेफ्रीले अस्वीकार गरे । आन्द्रे बियिकले आफ्ना खेलाडी विलियम ओपोकुलाई लडाएको भन्दै वीरगंजले पेनाल्टी अपील गरेको थियो । २५ औं मिनेटमा सुशील लामाको कर्नर लुम्बिनीका गोलकिपर मोहमोडुले समात्न नसकेपनि रेफ्रीले फउल दिएपछि खतरा टर्‍यो । ३०औं मिनेटमा सुशील लामाको सट ब्लक भएपछि वीरगञ्ज फेरि अग्रता लिन असफल भयो । पहिलो हाफको थप समयमा आशिष लामाको सट पोस्टबाट टाढा रह्यो ।

जिलेस्पीको क्रस नियन्त्रणमा लिएका उनी पोस्टको दिशामा राख्न असफल भएका हुन् । त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै रह्यो । दोस्रो हाफमा वीरगञ्जले धेरै अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । बुटवलले ५५ औं मिनेटमा अग्रता लिने प्रयास सफल हुन सकेन । बुटवलका आशिष लामाको सट बारमा लागेर फर्किंदा वीरगंजका गोलकिपर दीपले नियन्त्रणमा लिए । लगत्तै वीरगंजका सब्सिच्युट खेलाडी सुनील खड्काको सट पनि बारमा लागेर फर्कियो ।

लगत्तै बुटवलका गोलकिपर मोहमदुले क्लियर गरिदिए । लुम्बिनीका कप्तान एरिक बिष्टको ७७औं मिनेटमा पनि गोलकिपर दीपले बचाए । तर, इन्जुरी सयममा चन्दन दासको गोलबाट बुटवलले अग्रता लियो । एरिकले पास नियन्त्रणमा लिँदै उनले वीरगंजका गोलकिपर दीपसँग वान भर्सेस वानमा गोल गरेका हुन् । यससँगै वीरगंज पराजित भयो र प्लेअफमा पुग्ने लक्ष्य अधुरै बन्यो ।