२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि माथि पोखरामा खोया प्रहार,बाचा सम्झेर घरमा सजाएर राख्छु: लामिछाने -भिडियो सहित



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।

पार्टीको कार्यक्रमलाई सम्बोधन गरिरहेका लामिछानेलाई एक युवकले खोया प्रहार गरेका थिए । खोया प्रहार घटनापछि प्रहरीले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको छ । रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

मकैको खोया प्रहारपछि सम्बोधन गर्दै लामिछानेले जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो -जतिसुकै प्रहार भए पनि, जतिसुकै षडयन्त्र भए पनि, जतिसुकै घेराबन्दी भए पनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन । अझ ठूलो छाती पारेर ढमढम चोक, गल्ली, चिया पसलमा, सभा समारोहमा खुल्लमखुल्ला हिँड्न चाहने नेता बन्न चाहन्छु ।

उहाँले भन्नुभयो, ‘अरुको हकमा भए एउटा पीरले मान्छेलाई थला पार्छ । एउटै दु:खले मान्छेलाई थचक्क बसाल्न पर्याप्त हुन्छ,’ मैले एकपछि अर्को पीर, दु:ख, घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरेको छ । अब त नयाँ प्रहारहरु पनि सुरु भएको रहेछ । सुनाइदिनुहोला यो खबर । रवि लामिछाने तयार छ । नेपाली जनतालाई गरेको वाचा पूरा गर्न तयार छ।’

उहाँले आफू कुनै चिजबाट पनि पछि हट्नका लागि राजनीतिमा नआएको, देश र जनतालाई धोका दिनेगरी आफू राजनीतिमा नआएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनै चिजबाट पछि हट्न म राजनीतिमा आएको हैन । राजनीति छाडेपछि सरकारले दिने लोभ र र्याल काढेर म आएको होइन ।’

https://www.facebook.com/watch?v=1526844471207552