१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फास्ट एन्ड फ्युरियस’ अभिनेता भिन डिजेलमाथि यौन उत्पीडनको आरोप



अ+ अ-

एजेन्सी । चर्चित हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’ स्टार भिन डिजेल समस्यामा परेका छन् । उनका पूर्व सहायकले उनीमाथि यौन उत्पीडन जस्ता गम्भीर आरोप लगाएकी छन् ।

बिहीबार लस एन्जलसमा दायर मुद्दाका अनुसार हलिउड स्टार भिन डिजेलका सहायकका रूपमा काम गरिरहेकी आस्टा जोनासनले आफू सन् २०१० मा भिन डिजेलसँग ‘फास्ट फाइभ’को सुटिङका ​​लागि एटलान्टामा हुँदा हलिउड स्टारले उनलाई जर्जियाको एक होटलको कोठामा थुनेर उनको अगाडि निकै लज्जास्पद कार्य गरी यौन उत्पीडन गरेको आरोप छ ।

सहायक एस्टा जोनासनले होटलको भित्तामा उभिएर उनको अगाडि हस्तमैथुन गरेको दाबी गरेकी छन् । कानुनी उजुरीका अनुसार जोनासनले भिन डिजेलको फिल्म कम्पनीमा धेरै वर्षदेखि काम गर्दै आएकी थिइन्, उनको सामाजिक कार्यक्रममा सहभागी हुनेदेखि लिएर उनको तस्बिर र कार्यक्रमहरूसम्म सबै कुराको ख्याल राख्दै थिइन् । जोनासनको प्रतिनिधित्व गर्ने ग्रीनबर्ग ग्रोसले यो कुरा बताए ।

द हलिउड रिपोर्टरका अनुसार भिन डिजेलका वकिल ब्रायन फ्राइडम्यानले भने ‘फास्ट एन्ड फ्युरियस’ अभिनेताको पक्षमा बोल्दै अभिनेताका सहायकले लगाएका सबै आरोप अस्वीकार गरेका छन् ।