२५ श्रावण २०८३, सोमबार
,
Latest
शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा विवाह गर्न सक्ने भए– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नातावाद, कृपावादका कारण चप्पल पड्काएर आएकाहरू पाँचतारे होटलमा विवाह गर्न सक्ने भएको टिप्पणी गर्नुभएको छ ।

स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तीनिहरुको पाँच तारे होटेलमा ठुला व्यापारिले झैं विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए ।”

उहाँले जनता आफ्नो उपचार गर्नका लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भएका छन् भन्दै भन्नुभयो, “यही हो जनता हारेको चुनावको परिणाम। यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन ।”

“नेताहरुले वर्षौंदेखि कति तलब थाप्छन् मैले अहिले ८/९ महिनामा थाप्दा थाहा पाइसकेको छु । त्यति तलबले त केही हुँदैन तिनको महल कसरी ठडियो म आश्चर्यचकित परेको छु । मैले तिनीहरूको हिसाब किताब निकाल्ने अठोट गरेर आएको छु”, उहाँले भन्नुभयो ।

पुराना दलका नेताहरूका कारण युवाहरू विदेशिन बाध्य भएको उहाँको भनाइ छ । आफ्नो छोराछोरी, नातानातिनी विदेशिन पर्दा समेत त्यही पुराना दलका नेताहरूलाई नै जनताले किन भोट किन हालिरहेका छन् बुझ्न नसकेको उहाँले बताउनुभयो ।

“हामी मिसन ०८४ मा छौँ । हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन । तपाईंहरूले नै योग्य मान्छेलाई छानेर पढाउने हो । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफैं हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन”, उहाँले भन्नुभयो, “यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईंहरूको साता पुस्ताले हार्नुभयो । हामी निरन्तर हार्‍यौं । त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेहरुको तातीले बतायो । त्यो जनताले हारेको संकेत हो ।”

अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको संकट आएको बताए भन्दै सभापति लामिछानेले आफ्नो पार्टीमा राम्रो टीम भएकाले काम गर्न सक्ने विश्वास गर्नुभयो ।