• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्छ: सभामुख घिमिरे (भिडियोसहित)



काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनभएको हो । उहाँले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढीरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताउनु भयो । उहाँले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताउनु भयो ।

उहाँले देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताउनु भयो । उहाँले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले एउटा ट्रेन के बढीरहेको छ भने विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि कसरी छिटो त्यसलाई खर्च गर्न सकिन्छ ? त्यो ढंगबाट गइरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो की होइन, यसको बारेमा इनालाइसिस गर्ने, त्यसलाई सिस्टममा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्व के छ भन्नेबारेमा धेरै बहस छलफलले हुँदैन । त्यसैले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा यी कुराहरु पुग्नुपर्छ । पहुँचमा पुर्‍याउने तरिकाहरु के हो भने संसद हो र जनताहरुबाट छानिएका सांसदहरु हुन् ।’

‘आज देशमा भइरहेको आर्थिक उन्नतिलाई अथवा देशको विकास गर्नलाई वैदेशिक संघसंस्थाहरुमार्फत, राष्ट्रहरुमार्फत कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदहरुले त्यसको प्रयोग कहाँ र कुन क्षेत्रमा कसरी गर्नुपर्छ भन्ने बजेट वा नीतिअन्तर्गत छलफल गरिसकेपछि त्यो कार्यान्वयनमा कसरी गइरहेको छ ? मनिटरिङ गर्ने कुराहरुमा संसद प्रभावकारी हुनुपर्छ । त्यो अहिलेको प्रणालीअन्तर्गत संसदीय समितिहरु नै यसको मनिटरिङ गर्ने मुख्य साधनहरु हुन् । उनीहरुले हरेक ठाउँमा कसरी प्रयोग भयो, कुन समयमा आयो ? समय भन्दा ढिलो किन भयो ? समयभित्रै ल्याएर किन प्रयोग गर्न सकिएन ? यी कुराहरुको बारेमा संसदीय समितिहरु प्रभवकारी ढंगबाट यसको मनिटरिङ गर्ने भुमिकामा रहन पुगे भने उनीहरुमार्फत जनताको बीचमा ती कुराहरु पुग्न सक्छन् । त्यसको जानकारी भइसकेपछि मात्रै त्यसको सही सदुपयोग हुन्छ । एयरपोर्टहरु बनाउने बारेमा हामीले सफलता पाएका छौँ तर त्यसलाई सञ्चालन गर्नेकुरामा हाम्रो ध्यान पुगेको छैन ।’

सभामुख घिमिरेले विमानस्थलहरु बनाउनेकुरामा सफलता हात लागेपनि त्यसको सञ्चानबारे कुनैध्यान नपुगेको बताउनु भयो ।