२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

के सुदनका पुर्खा क्रिस्चियन थिए ?– भीम रावल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले संस्कृतिमन्त्री सुदन किरातीलाई किरातहरुले मान्ने ‘मुन्धुम’ देशद्रोह हो भनी प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत नेता रावलले मन्त्री किरातीका पुर्खा क्रिश्चियन थिए ? वा थिएनन् भने ती देशद्रोही थिए ? भनी नेपाली जनताले प्रश्न गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किरातीले भन्नुभएको थियो, “राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो ।”

मन्त्री किरातीको उक्त अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ ।