१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

महन्थको अनुभव: जस्तोसुकै बदमासी गरेर सत्तामा जाने प्रयास देखियो 

महन्थको अनुभव: जस्तोसुकै बदमासी गरेर सत्तामा जाने प्रयास देखियो 
file photo
अ अ+ अ-

काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पुर्‍याउनुभएको छ । विसं २०१६ मा राजनीतिक यात्रा आरम्भ गर्नुभएका उहाँ मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरै पटक प्रहरी हिरासत र जेलजीवन बिताउनुभयो ।

गत एक वर्षमा समग्रतामा सङ्घीय संसद् चलिरहेको देखिए पनि कामकाजभन्दा गत्यारोधमा बढी समय खर्चिएको जनाउँदै ‘सांसदसँग रासस संवाद’मा उहाँले पूरापूर दुई महिना सांसदले काम नै गर्न नसकेको प्रतिक्रिया दिनुभयो ।

नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र  पटक–पटक अवरोध भएको इतिहास रहेको जनाउँदै पूर्वउपसभामुख ठाकुरले भन्नुभयो, “कसैलाई चित्त बुझेन भने विरोध गर्न सकिन्छ तर दिनदिनै लामो समयसम्म  रोष्टम घेराउ गर्ने भनेको संसदीय प्रजातन्त्रभित्रको उग्ररुप हो ।” कानुन बनाउने विषयमा दलहरुले आवश्यक समय र ध्यान दिएन भनी लागेको आरोप भने अस्वीकार गर्दै नेता ठाकुर त्यो ‘आरोप’ मात्रै भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “संविधान र सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण विधेयकसमेत यस अवधिमा अघि बढ्न सकेन । मिटरब्याजसम्बन्धी विधेयक पारित भए पनि पीडित अझै खुशी छैन । विधेयक भरसक सबैको सहमतिमा टुङ्ग्याउँदा राम्रो हुन्छ ।

एक प्रसङ्गमा शान्तिपूर्ण जुलुस निकाल्ने र सडकमा प्रदर्शन गर्ने सबैको प्रजातान्त्रिक अधिकार भए पनि तोडफोड गर्ने उग्ररुप भएको बताउँदै उहाँले भन्नुभयो, “सरकारबाट पनि हिंसात्मक हस्तक्षेप हुन्छ, विरोधमा उग्ररुप देखिए सरकारले नियन्त्रणका लागि सशस्त्र बल प्रयोग गर्छ अनि असहज स्थिति आउँछ, त्यो सबैले बुझ्नुपर्छ । ”

केही समय भारतमा निर्वासनसमेत रहनुभएका पूर्वउपसभामुख ठाकुर पछिल्ला दशक मधेस र मधेसी समुदायका हकहितका ‘एजेन्डा’ उठाउँदै कार्यान्वयनका लागि पहल गरिरहनुभएको छ । उहाँसंग शिक्षण र वकालतको अनुभव, निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरको परिचय छ ।

महोत्तरीको पीपरामा विसं १९९९ मा जन्म भई केही समय सर्लाहीलाई कर्मथलो बनाउनुभएका ठाकुर विसं २०४८ र २०५१ को मध्यावधि निर्वाचनमा त्यहाँबाट प्रतिनिधित्व गर्नुभयो ।

तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी स्थापनासँगै मधेस केन्द्रित राजनीतिमा सक्रिय नेता ठाकुर विसं २०७४ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन गर्नुभई सो पार्टीको अध्यक्षमण्डलको सदस्य हुनुभयो ।

विसं २०६४ मा मनोनीत संविधासभा सदस्य तथा विसं २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित हुनुभयो । कानुनमा स्नातक र इतिहासमा स्नात्तकोत्तर ठाकुरले विसं २०७४ पछि गठन भएको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका रुपमा केही समय सभाको अध्यक्षता गर्दै सदनमा प्रवेशी सदस्यलाई शपथ दिलाएर र बैठक सञ्चालन गर्नुभयो ।

छ वर्षमा बल्लबल्ल ‘पास’ भएको नागरिकता विधेयक कार्यान्वयनमा गए पनि जनताले अझै सहजरुपमा नागरिकता प्राप्त गर्न नसकेको गुनासो सुन्न परेको बताउँदै पूर्वमन्त्री ठाकुरले कर्मचारी संयन्त्रको उल्झन र पैसाको खलखेलले त्यो गुनासो आएको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष ठाकुरका अनुसार मुलुकमा लोकतन्त्र पुन:स्थापनापछि गाउँबस्तीमा सेवासुविधा र सडकलगायत भौतिक पूर्वाधार निर्माणमा निकै सुधार भएको छ । विद्यालय र कलेजमा पैसा गएको छ । गाउँगाउँमा सामुदायिक भवन बनेका छन् । ग्रामीण सडक पनि ढलान र कालोपत्र भएका छन् । धार्मिक आस्थासँग जोडिएका मठमन्दिर तथा बरमबाबा स्थान घेराबेरा भएको छ ।

पछिल्ला वर्षमा तराई–मधेसमा समेत सिँचाइ र खानेपानी समस्या देखिएको बताउँदै पुराना राजनीतिज्ञ ठाकुरले खण्डित वर्षाले कहीँ सुक्खा त कहीँ बाढी निम्त्याएको अवस्था आएको सुनाउनुभयो ।

सांसद ठाकुरले भन्नुभयो, “यस वर्ष मिथिला क्षेत्रमा बर्सात कम हुँदा नदी र पोखरी सुक्ने अवस्थामा पुगिसकेको छ । जमिनमा पानीको सतह गहिरिएको छ । कतिपय सहरी क्षेत्रमा खानेपानी अभाव छभने खोला सुकेका कारण सिँचाइ भई धानखेती राम्रो हुन सकेन ।”

उद्योगधन्दा र कलकारखानाको अभावमा बेरोजगारी निकै ठूलो चुनौतीका रुपमा रहेको जनाउँदै पूर्वविज्ञान प्रविधिमन्त्री ठाकुर भन्नुहुन्छ, “सांसद र मन्त्रीसँग  मतदाता धेरै खुशी छैनन्, नोकरी लगाउने र मुद्दासमेत जिताइदिने जनप्रतिनिधिले गर्दियोस् भन्ने समाजमा मान्यता छ । त्यो त एउटा विधि प्रक्रियाका आधारमा हुन्छ नि ।”

अध्यक्ष ठाकुरका अनुसार पहिला उद्योग र आयोजना हुन्थे । काम दिन्थे । अहिले जुन सम्भव छैन । फोन गरेर मात्रै काम हुन्छ र १ काम गर्ने परिस्थिति के छ । कुन अवस्थामा छ । त्यो बुझ्न जरुरी छ ।

पछिल्ला समय खासगरी बालबालिका, युवायुवतीमा राम्रो कपडा लगाउने, होटलमा गएर मीठो खाने, विभिन्न गाउँमा घुमफिर गर्ने चलन बढिरहेको बताउँदै उहाँले मुलुकमा परिवर्तनको प्रवाह भए पनि आर्थिक सङ्कट र बेरोजगारीले विविध समस्या निम्त्याएको प्रतिक्रिया दिनुभयो ।

गठबन्धनको सरकार भएकाले विभिन्न विचारलाई मिलाएर काम गर्नु आफैँमा चुनौती रहेको बताउँदै नेता ठाकुरले भन्नुभयो, “प्रधानमन्त्री आफैँ भनिरहनुभएको छ कि जति हुनुपर्ने त्यो काम गर्न सकिएको छैन । महँगी बढेको छ । बेरोजगारी बढेको छ ।” उहाँका अनुसार भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्र र कानुन पर्याप्त छ । अदालतलाई पनि प्रमाणित गर्न प्रमाण चाहियो । हल्लाको भरमा कसैलाई पनि यति खायो भन्न मिल्दैन । कारबाही गर्ने निकाय छन् ।

राजनीति परिवर्तनमा योगदान  पुर्‍याएका नेताहरु नै सानो गुट, परिवार र नातागोतामा अलमलिए भन्ने आरोपलाई खण्डन गर्दै  नेता ठाकुरले त्यो आरोपलाई वास्तविकता नभई सतहीका रुपमा हेरिएको प्रतिक्रिया दिनुभयो ।

आन्दोलनमा संलग्न हुँदा सबै परिवार र नातागोता प्रभावित हुने भएकाले अवसर प्रदान गरिदा नाता जोडेर हेर्न नहुने तर्क गर्दै उहाँले एउटा घरको मूली जेल जाँदा परिवारले कति सास्ती खेप्न पर्छ भन्ने पक्षको विश्लेषण नगरी अवसरसँग जोडेर हेर्न मिल्छ र भनी प्रतिप्रश्न गर्नुभयो ।

अध्यक्ष ठाकुरका अनुसार हामी शहीद के दिन्छाै । मूर्ति बनाए कि बनाएन भनेर हेर्न आउँछ र ! उसको जीवन गयो । परिवार जेल परे । उसमाथि निर्भर धेरै प्रभावित भए । अनि त्यस्ताका परिवारलाई अवसर दिँदा किन विरोध हुन्छ । तिनले पनि खान परो नि !

आर्थिक दृष्टिकोणले अहिले पनि कम्जोर रहे पनि राजनीतिक केन्द्र हरहमेसा पहाड नै रहेको बताउँदै नेता ठाकुरले जस्तोसुकै बदमासी गरेर सत्तामा जाने प्रयास भएकाले नेपालको राजनीतिक इतिहास शान्तिपूर्ण नरहेको विचार धारणा राख्नुभयो ।

जनभावना र आवश्यकताका आधारमा नीति निर्माण गरिएमा मात्र परिणाम प्राप्त गर्न सकिने तर्क गर्दै उहाँले त्यो नहुँदा विगतमा सर्लाहीमा आएको बाढी पीडितलाई बनाइएको छाप्रामा केही नसकेको उदाहरण  दिनुभयो ।

आफ्नो अधिकार प्राप्तिमा भएका आन्दोलनमा पनि जाति र समुदायबीच विभेद गरिएको आरोप लगाउँदै उहाँले कानुनका नाममा जथाभावी डन्डा चलाउने कार्य कोही कसैलाई पनि स्वीकार्य नहुने धारणा राख्नुभयो । रासस