१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’
अ अ+ अ-

काठमाडौँ: परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताउनुभएको छ ।

ठाडोभाकाप्रेमी नागरिक समाजद्वारा अग्रज ठाडोभाकाका सर्जक एवं गायिका धनमाया तामाङको १९औँ स्मृति दिवस कार्यक्रममा उहाँले नेपालका महत्वपूर्ण शक्तिका रुपमा विकट भौगोलिक अवस्था, पुर्खाको वीरता र कूटनीतिक क्षमता तथा बहुसांस्कृतिक विविधता रहेको स्पष्ट गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपाली पूर्वराजदूत आचार्यले भन्नुभयो, “ठाडोभाका गण्डकी प्रदेशको मात्र नभई राष्ट्रको नीति हो, यसले ऋग्वेदको झल्को दिन्छ । यस्ता सम्पत्तिको संरक्षणमा राज्यले ध्यान पुर्‍याउनुपर्छ, सातै प्रदेशका लोक संस्कृतिको विकासका लागि सङ्ग्रहालय खोल्नुपर्छ ।”

सामाजिक अभियन्ता एवं संस्कृतिप्रेमी लालबहादुर भुजेलले गीतसङ्गीत तथा भाषा, सहित्य र कलाका संरक्षणमा सबै जातजाति र समुदायले विशेष ध्यान पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

पूर्वप्रशासक पृथ्वी अधिकारीले संस्कार र सांस्कृतिक देशको महत्वपूर्ण शक्ति र पहिचान रहेको धारणा राख्नुभयो ।

गायिका तामाङले गण्डकी क्षेत्रको महत्वपूर्ण पहिचानका रुपमा रहेका  ठाडोभाकासहित २० लोकभाकामा गीत सिर्जना र मिठास गायन प्रस्तुत गर्ने क्षमता रहेको कार्यक्रममा सहभागी अन्य गीत र सङ्गीत क्षेत्रका सर्जकले बताउनुभयो । त्यस्ता मौलिक गीत गण्डकी प्रदेशका गाउँघरमा मेलापात, दाइँ, पर्व, जात्रा र विविध कार्यक्रममा  गाइने गरिन्छ ।

उहाँले आफ्ना छोरा हालका उपरथी आशबहादुर तामाङसँग ७२ वर्षको उमेरमा राष्ट्रप्रेम झल्काउने ठाडोभाकामा म्युजिक भिडियोमा समेत गायन प्रस्तुत गर्नुभएको छ । लोप हुन लागेका लोकगीत तथा लोक भजनको सँगालो ‘धन’मा उहाँले त्यस उमेरमा पहिलोपटक रेकर्ड गराउनुभएको हो ।

उहाँले मुलुक द्वन्द्वमा रहेका बखत शान्तिका कामना गर्दै त्यसतर्फ प्रेरित गर्न ७४ वर्षको उमेरमा अन्तिम गीतका रुपमा ठाडो र ढिलोभाकामा रेकर्डिङ भएका गीतको म्युजिक भिडियो कार्यक्रममा प्रस्तुत गरियो ।

विसं १९८७ मा फागुन २० गते लम्जुङको काफस्वाँरामा जन्मिएकी गायिका तामाङ सामान्य कुरा गर्दा होस् वा कसैलाई आशीर्वचन प्रदान गर्दासमेत ठाडोमात्र नभई झ्याउरेसहित विभिन्न भाकामा सहजरुपमा गीत प्रस्तुत गर्न खप्पिस भएको स्मृति सभामा सम्झना गरियो ।

सर्जक तामाङका नाति डा आयुष तामाङले हजुरआमाको दाइ र झ्यारे गीत गायनको स्मरण गर्दै स्वदेशमा वा विदेशमा रहेबसेका सबै नेपालीले राष्ट्रको गौरवका रुपमा रहेका संस्कृति र सम्पदा संरक्षणका क्षेत्रमा काम गर्नुपर्ने विचार प्रकट गर्नुभयो ।

लम्जुङ दुराडाँडा साहित्य समाजका अध्यक्ष देवी न्यौपाने लगायतले गायिका तामाङले सानै उमेरदेखि गीत सिर्जना गर्ने र गायन प्रस्तुत गर्ने गरेको आफूहरुले जानकारी पाएको बताउनुभयो ।रासस