२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड खोपमा नेपालको सफलता, डब्लुएचओले दियो बधाई



अ+ अ-

काठमाडौँ । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा सफलता प्राप्त गरेको छ । नेपालले १८ वर्ष माथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरुलाई पूर्ण खोप प्रदान गरेकोमा नयाँ कोशेढुंगा पार गरेको भन्दै डब्लुएचओले बधाई पनि ज्ञापन गरेको छ । 

विश्व स्वास्थ्य संगठनले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको छ।

सो संगठनले ट्वीट गरेर दिएको बधाईमा भनेको छ '७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ’ डब्ल्यूएचओ नेपालले ट्विटरमार्फत् बधाई दिँदै भनेको छ।

नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य सहित देशभर खोप अभियान चलाइरहेको छ।