२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा मात्रै पौने पाँच करोड खर्च



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुई साता लामो अमेरिका र चीन भ्रमण लागि पौने ५ करोड रुपैयाँ खर्च भएको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका जानुभएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ । सो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो ।

३० भदौमा अमेरिका प्रस्थान गर्नुभएको प्रधानमन्त्री दाहालले ४ असोजमा महासभालाई सम्बोधन गरेपछि उतैबाट उहाँ ५ असोजमा चीन जानुभएको थियो ।

एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी हुनुभएको उहाँ चीनका विभिन्न राज्यको भ्रमण गरी स्वदेश फर्किनुभएको थियो ।