१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयघात भई अस्पताल भर्ना भएका अभिनेता श्रेयस घर फर्किए



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता श्रेयस तलपडे अहिले निको भएर डिस्चार्ज भई घर फर्किएका छन् । डिसेम्बर १४ मा उनलाई हृदयाघात भयो र त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

तर अहिले उनी पूर्णरुपमा स्वस्थ छन् । चिकित्सकले उनलाई घर जान अनुमति दिएका छन् । श्रेयसको आगमनको जानकारी श्रीमती दीप्तीले आफैंले इन्स्टाग्राममा सेयर गरेकी छिन् र यो दुःखद घडीमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्दै अभिनेताको ज्यान जोगिएको भन्दै लामो पोस्ट पनि सेयर गरेकी छिन् ।

आफ्नो सामाजिक सञ्जाल पोस्टमा अभिनेताकी पत्नी दीप्तीले लेखेकी छिन्, ‘मेरो जीवन, मेरो श्रेयस अब पूर्णरुपमा निको भएर घर आएका छन् । श्रेयससँग कसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्ने बहस गर्थें तर मैले मेरो प्रश्नको उत्तर पाएको छु, र त्यो भगवान हुन् । म फेरि कहिल्यै भगवानको अस्तित्वमाथि प्रश्न उठाउने छैन।’

मंसिर १४ गते दिनभर सुटिङ गरेपछि साँझ श्रेयसको स्वास्थ्य बिग्रिएपछि उनी बेहोस भए । अस्पताल पुर्याएपछि उनलाई हृदयघात भएको थाहा भएको थियो ।