४ मंसिर २०८१, मंगलवार
,
Latest
दुर्गा प्रसाईंलाई स्वास्थ्य चेकजाँचका लागि अस्पताल लगियो जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा सुदूरपश्चिम रोयल्स र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच ‘एजुकेसन पार्टनर’का लागि सहकार्य सम्झौता एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नभ्याउनेमा दुर्गा प्रसाईंविरुद्ध कीर्ते र मानहानी मुद्दा पनि चल्ने पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आबद्ध विष्णुमति करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडक: ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने



फाईल फोटो
अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।

यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन्भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।रासस