१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको प्रधानमन्त्रीलाई प्रश्न: सुदनलाई किन नहटाएको ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले साम्प्रदायिक विद्वेष फैलाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई कानुन वमोजिम कार्वाही गर्न माग गरेको छ ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले किरातीलाई पदमुक्त गराउन प्रधानमन्त्री र सत्तागठबन्धनको ध्यानाकर्षण समेत गराउनु भएको छ ।

श्रेष्ठले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

मन्त्री पदमा रहेर ‘कृश्चियन धर्म नमान्नेलाई जेलमा कोच्ने’ जस्तो बहुलठ्ठीपूर्ण अभिव्यक्ति दिने, हिन्दु धर्म, हिन्दु संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने प्रचण्ड सरकारका मन्त्री सुदन किरॅाती बर्खास्तका योग्य छन्।

यस्तो व्यक्ति ८१% हिन्दु र ९४% ओमकार परिवार भएको देशमा कसरी संस्कृतिमन्त्रीको रुपमा स्विकार्य हुनसक्छ ? निजलाई पदमुक्त गराउन प्रधानमन्त्री र सत्तागठबन्धनको ध्यानाकर्षण गराउॅदछौं। साथै, सामाजिक सदभाव बिथोल्ने, साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस् ।

बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले भन्नुभएको थियो -राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो ।

मन्त्री किरातीको अभिव्यक्तिको सर्बत्र आलोचना भएको छ ।