• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित

इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो



फिक्कल (इलाम) । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको थियो ।

गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापनले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो ।

“हामीले किसानलाई विभिन्न मेसेरेनरी सामग्री तथा यन्त्र उपकरण अनुदानमा दिएका छौँ । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्याएको छ”, उहाँले भन्नुभयो, “उहाँहरूले पनि उन्नत बीउबिजनको प्रयोग गर्नुभयो । मल र सिँचाइको समेत व्यवस्थापन गर्नुभयो । यसर्थ क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।”

इलाममा रन्जित, राधा–४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले जानकारी दिनुभयो ।

यसैगरी कोदोमा पनि उत्पादकत्व बढेको छ । गत वर्ष प्रतिहेक्टर एक दशमलव २० मेट्रिक टन कोदो उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर एक दशमलव २१ मेट्रिक टन कोदो उत्पादन भएको छ । यस वर्ष एक हजार पाँच सय ८० हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष एक हजार पाँच सय ९६ हेक्टर क्षेत्रमा कोदोखेती गरिएकामा एक हजार नौ सय १६ मेट्रिक टनमात्र कोदो उत्पादन भएको थियो । रासस