२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुले उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खोल्दा…



अ+ अ-

पोखरा । एक यात्रुले उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खोलेका छन् । पोखराबाट काठमाडौँका लागि उड्न लागेको उडान नं ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन् ।

बिहान ९ बजेर ४० मिनेटमा विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेला आकस्मिक ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ । ती यात्रुबाट के कति कारणले ढोका खोलिएको हो भन्नेबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेको बताइएको छ ।

बुद्ध एयरका अनुसार ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेक छन् । काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागिएको जनाइएको छ ।

सोहि बिमानमा रहनु भएका पत्रकार यादब देबकोटाले घटना बारे सामाजिक संञ्जालमा लेख्नु भएको छ –

अहिले भर्खर बुद्ध एयरको ९.०० बजेको पोखरा काठमाडौं उडानका लागि प्लेन चढियो। चढिवरी प्लेन स्टार्ट भएपछि इमरजेन्सी ढोका स्वाट्ट भित्र आयो। जहाजमा यात्रुहरुको कोलाहल। उडिसकेपछि यस्तो भएको भए के हुन्थ्यो होला? धन्न बाँचियो भन्ने त होला नि !