२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस र ट्रक  एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते



अ+ अ-

बारा: बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।  कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार सो दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो ।

उनीहरूको हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटाैँडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ  ।