५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ वटा संसदीय समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार संसदीय सुनुवाई समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा प्रश्तावित न्यायाधीशहरूको संसदीय सुनुबाई सम्बन्धी निर्णय हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योगा तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २५ अनुसार गठित केन्द्रिय बजार अनुगमन समितिबाट उपभोक्ताको हक, हित संरक्षणका लागि वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धताको अनुगमन वा सुपरीवेक्षणका सम्बन्धमा हालसम्म भएगरेका कामकारवाहीका सम्बन्धमा केन्द्रिय बजार अनुगमन समितिसँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्रयाकको सम्बन्धमा, दार्चुलामा नेपाली सेनाले बनाइ राखेको तुसर पानी—कोठेधार—तिंकर सडकको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा माननीय शहरी विकास मन्त्रीसँग छलफल हुनेछ ।