काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय गर्दैछ । निर्णयका लागि आज बिहान ११ बजे सुनुवाइ समितिको बैठक बस्दै छ ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ सकिए पछि समितिले निर्णय गर्न लागेको हो ।
समितिले नाम अनुमोदन गरेमा राष्ट्रपतिबाट शपथ ग्रहण गरी उहाँहरुले सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्नुहुने छ ।