१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पहिचानवादीको निषेधको राजनीति अतिवाद हो : उप-महासचिव ज्ञवाली

पहिचानवादीको निषेधको राजनीति अतिवाद हो : उप-महासचिव ज्ञवाली
अ अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिसढ गर्नु लोकतान्त्रिक चरित्र नभएको बताएका छन् ।

रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा उनले चिवाभञ्ज्याङ–झुलाघाट समृद्धि संकल्प यात्रा पहिचानवादीहरूको अनेकन् धम्कीका अतिरिक्त सफलतावूर्वक सम्पन्न गरेको बताए ।उप-महासचिव ज्ञवालीले लोकतन्त्रमा शान्तिपूर्णरूपमा माग राख्न पाइने तर आफ्ना मागको नाममा कसैलाई निषेध गर्न खोज्नु अतिवाद भएको बताए ।

उनले भने, “संकल्प यात्राको क्रममा एमालेले जनताको न्यानो माया पाएकाले शहरतिर गणतन्त्रबारे उठाइने नकारात्मक भाष्यविपरीत जनता खुलस्तरूपमा संघीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा रहेको हामीले प्रस्टरूपमा पायौं। हाम्रो अभियानले मूलधारका राजनीतिक पार्टीप्रति जनताको वितृष्णा बढेको भन्ने जुन प्रचार छ, त्यसलाई पनि खण्डित गरेको पायौं ।”“संकल्प यात्राले एमालेलाई जनताका माझ घनिष्टरूपमा स्थापित गरेको चर्चा गर्दै उनले संकल्प यात्रामा जनताको जुन स्वतःस्फूर्तरूपमा जुन सहभागिता पायौं त्यसबाट एमाले गौरवान्वित भएको  बताए ।

उनले मुलुकको आर्थिक अवस्थाको चित्रण गर्दै भने, “आज मुलुकको अर्थ व्यवस्था अत्यन्तै अप्ठेरो अवस्थामा छ, ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था छ । यो गठबन्धनको सरकारले मुलुकको अर्थतन्त्र वैधानिक बाटोबाट उठाएको राजस्वबाट नचलाएर विमानस्थलको ट्वाइलेटबाट चलाइरहेको छ । यो एकदमै लाजमर्दो अवस्था हो ।”उप-महासचिव ज्ञवालीले एक प्रसंगमा भने, “३ तोला सुन र तीन कट्ठा जमिन आफ्नो सम्पत्ति रहेको बताउनेहरूले हालै चर्चामा रहेको काठमाडौंमा सम्पन्न एक वैवाहिक कार्यक्रम अनुपम उदाहरण भएको छ । गठबन्धन सरकार भ्रष्टाचारतर्फ कति उन्मुख रहेको छ भन्ने जगजाहेर छ ।”

पूर्वमन्त्री ज्ञवालीले एनसेल करछली प्रकरणमा सरकार दोषी रहेको आरोप लगाउँदै भने, “नेकपा एमाले मुलुकलाई घाटा पार्ने नीतिकोविरुद्धमा रहेकाले एनसेल काण्डको निष्पक्ष छानविन हुनुपर्दछ, राज्यलाई ठग्ने काम हुनुहुँदैन ।”उनले एक अर्को प्रसंगमा उनले खारेज भइसकेको राजतन्त्रको पुनःस्थापनाका सम्बन्धमा गणतन्त्रका पक्षधर नेकपा एमाले कहिल्यै पनि सहमत हुन सक्दैन भन्दै ज्ञवालीले संग्रहालयमा थन्किसकेको राजसंस्था इतिहास भइसकेकाले यसको जीवन्तताबारेको बहसनै खारेजयोग्य भएको बताए । उनले गणतान्त्रिक व्यवस्थामा समस्या नभएको तर यो व्यवस्था सञ्चालन गर्ने वर्तमान गठबन्धनकारी सरकारमा समस्या रहेको चर्चा गर्दै भने, “एकातिर प्रधानमन्त्री प्रचण्ड आफैं भन्नुहुन्छ, सत्तामा बसे पनि सन्तुष्ट छैन भनेर, यदि प्रधानमन्त्री स्वयं सन्तुष्ट छैन भने किन ? सत्तामा बसिरहनु हुन्छ? छोडे भइहाल्यो । अरू कोही आएर चलाइहाल्छ । त्यसकारण यो सत्ता गठबन्धन सत्तास्वार्थ केन्द्रित रहेको प्रस्ट झल्किन्छ र गठबन्धन स्वार्थका कारण सुपर ग्लुले टाँसिएका छन् । भ्रष्टाचारलाई सत्ता गठबन्धनले आफ्नालाई चोख्याउने अरूलाई तर्साउनेका रूपमा प्रयोग गरिरहेको छ ।”उनले नेकपा एमालेको आगामी दिनको प्राथमिकताको कदमबारे चर्चा गर्दै भने, “पहिलो एमाले राष्ट्र, राष्ट्रियताको हित चाहन्छ । दोस्रो, मुलुकको अर्थतन्त्रको उत्थान र तेस्रो सामाजिक सद्भाव र चौंथोमा भ्रष्टचारको समूल नष्ट चाहन्छ । एमालेका लागि वर्तमान अवस्थामा सत्तामा जाने प्राथमिकताको विषय होइन ।”

उप–महासचिव ज्ञवालीले वर्षात् बन्द भएपछि पनि काठमाडौंका जनतालाई मेलम्चीको पानी खुवाउनु नसक्नुले पनि वर्तमान सरकार कत्ति निकम्मा र नालायक छ भन्ने बुझ्न सकिने कुरा भएको टिप्पणी गरे ।