२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलब ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब शुन्य पाँच अङ्कले उकालो लागेर तीन सय ९७ दशमलब ६९ मा पुगेको छ ।
कूल एक करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता शेयर रु पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ मा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३७ करोड ४३ लाख ४८ हजार दुई सय दुई बराबरको शेयर कारोबार भयो । यस्तै सोल्टी होटलको रु २८ करोड ७३ लाख २४ हजार तीन सय ३१, सोनापुर मिनरल्सको रु १६ करोड ७१ लाख ४२ हजार सात सय ५५, हाथवे इन्भेस्टमेन्टको रु १४ करोड २९ लाख ३० हजार पाँच सय ८८ र घोराही सिमेन्टको रु १३ करोड ३० लाख ८६ हजार तीन सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज विभिन्न दस कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो सात दशमलब २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना चार दशमलब ९०, प्रभु बैंकको ऋणपत्र तीन दशमलब ८३, सानिमा बैंकको ऋणपत्र तीन दशमलब ७८ र पिपल्स पावरको लगानीकर्ताले तीन दशमलब १९ प्रतिशतले गुमाएका छन् ।