• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन ★   सूचना प्रविधिको ‘हब’का रुपमा विकास गरिने ★   वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छुः अर्थमन्त्री पुन ★   जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन ★   ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने ★   श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन ★   भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने ★   स्टार्टअप उद्यमीलाई सहजिकरणको लागि सहजिकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा ★   पहिरो खसेपछि बस्ती तितर बितर ★   आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने

योगेश भट्टराईको आरोप: सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेको छैन



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाउनुभएको छ ।

कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका बिखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उहाँको जिकिर थियो । मंगलवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले मुलुकमा देखिएको बिखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराउनु भयो । उहाँले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा बिखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताउनु भयो । कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अब यी विगतका कुरा हुन् । विगतका सानातिना, मसिना कुराहरुलाई ल्याएर ठूलो अतिरञ्जना गर्नुपर्ने आवश्यकता छैन । हिजो कतिपय पहिचान भन्ने साथीहरुमा कन्फ्युजन थियो । हामी जब ओलखढुंगादेखि फिदिमहुँदै चिवाभञ्ज्याङसम्म कार्यक्रम गर्‍यौं । एउटा कार्यक्रममा २० औं हजारसम्म मानिसहरु सहभागी भए । भनेपछि त्यहाँ हामी दशौं कार्यक्रम भयो । भनेपछि त्यो ठाउँमा झन्डै ४/५ लाख मान्छे त प्रत्यक्ष हामीसँग कुरा गर्न आउनु भयो, आम सभामा आउनुभयो भनेपछि त्यहाँ नेकपा एमाले नै बलियो छ नि । नेकपा एमालेकै वर्चश्व छ भन्ने कुरा स्पष्ट छ । दोस्रो कुरा मैले अघि पनि भने–पहिचान भित्रका दुुई वटा प्रवृत्ति हामीले छुट्टयाएर हेर्छौं । जो बिखण्डकारी छन् । तिनीहरुसँग हाम्रो कुराकानी हुँदैन । त्यो राज्यले डिल गरोस् । कसरी गर्र्छ, प्रचण्डले डिल गर्नुहुन्छ । त्यो सरकारको काम हो नि । राज्य भनेपछि आज सरकारमा को छ ? उहाँको होइन । उहाँ मज्जाले कानमा तेल होलर बस्ने त होइन नि । यत्रो कुरा उठिराखेको छ । के हो त ? सम्बोधन गर्नुपर्‍यो नि त । के गर्ने भनेर । अर्को एमाले एउटा अपोजिशनको हिसावले प्रमुख दल हुनुको नाताले हामीले सकारात्मक साथीहरुसित, सकारात्मक व्यक्तिहरुसित जो पहिचान पक्षधर हुनुहुन्छ । र कोशी प्रदेशमा नाम बदल्नुपर्छ भनेर पोजेटिभली नै छलफल गरिरहनुभएको छ । उहाँहरुसँग हाम्रो संवाद हुन्छ । जो निषेधकारी छन्, उनीहरुसँग संवाद हुँदैन । तिनीहरुसँग प्रतिरोध हुन्छ ।’

सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चश्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पनि पुष्टि गरेको बताउनु भयो ।