७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको विकल्पमा जुनसुकै दल नेतृत्वको सरकार स्वीकार्न कांग्रेस तयार: रामचन्द्र  पौडेल



अ+ अ-

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारको विकल्पमा जुनसुकै दल नेतृत्वको आगामी सरकार स्वीकार्न कांग्रेस तयार रहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले बर्तमान सरकारको बिकल्पमा अन्य दल जसको नेतृत्व भए पनि कांग्रेसले स्वीकार गर्ने बताउनु भयो ।

दलहरु बीच छलफल बाट बर्तमान निकास खोज्नु पर्ने भन्दै पौडेलले संविधान र सिष्टमलाई भत्काउन षड्यन्त्र भएका कारण ओली सरकारको बिकल्प खोज्नु पर्ने बताउनु भयो ।