• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ

यसकारण रिलिज अगावै विवादमा फस्यो आलियाको ‘गंगुवाई काठियावाडी’



एजेन्सी । अभिनेत्री आलिया भट्ट प्रमुख भूमिकामा रहेको तथा सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुवाई काठियावाडी’ विवादमा घेरिएको छ । 

फिल्मको टिजर सार्वजनिक भएसँगै यस फिल्मले विभिन्न विरोधको सामना गर्नुपरेको छ । यसका साथै फिल्मले कानुनी विवादको पनि सामना गर्नुपर्ने भएको छ । 

मानहानीको मामलामा मुम्बईको अदालतले निर्देशक भन्साली, फिल्मकी अभिनेत्री आलिया र लेखकलाई उपस्थित हुन आदेश दिएको छ । यस फिल्मलाई लिएर आफूलाई गंगुवाईका धर्मपुत्र दाबी गर्ने बाबु रावजी शाहले मझगाउँ अदालतमा मानहानीको मुद्दा दर्ता गरेका हुन् । 

जसअनुसार अदालतले भन्साली, आलिया भट्ट र फिल्मका लेखकलाई मे २१ मा अदालतमा उपस्थित हुन आदेश दिएको हो । यसभन्दा पहिले शाहले मुम्बईको सिभिल अदालतमा फिल्मको ट्रेलरलाई रोक लगाउन माग गर्दै मुद्दा दर्ता गरेका थिए । 

तर यसलाई अदालतले अस्वीकार गरेको थियो । यो फिल्म ३० जुलाईमा प्रदर्शनमा आउँदैंछ । फिल्ममा आलिया भट्ट गंगुवाईको भूमिकामा देखा पर्दैछिन् । गंगुवाई १९६० को दशकमा मुम्बईको ‘रेड लाइट एरिया’को कमाठीपुराकी सबैभन्दा शक्तिशाली एवं सम्मानित ‘म्याडम’ थिइन् ।