१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयो: विष्णु पौडेल

वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयो: विष्णु पौडेल
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णत: असफल भएको बताउनुभएको छ । रोल…

वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उहाँले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गर्नुभयो ।

मंगलवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका उपाध्यक्ष पौडेलले काग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन ? भनि पनि गर्नुभयो ।

उहाँले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दु:ख मात्रै पाउने जिकिर गर्नुभयो । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उहाँले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘यो सरकार चाँही सम्पूर्ण रुपमा असफल भयो । यो सरकार जति दिन बस्छ, जति दिन रहन्छ । देशले सबै क्षेत्रमा सुशासनको क्षेत्रमा, शान्ति सुरक्षाको क्षेत्रमा, राष्ट्रिय स्वाभिमान र राष्ट्रको सम्मान अभिवृद्धिको क्षेत्रमा, संविधानको रक्षा र कार्यान्वयनको क्षेत्रमा, मानव अधिकारको क्षेत्रमा, शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्ने सन्दर्भमा, राजश्व परिचालनका सन्दर्भमा, अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने सन्दर्भमा सबै सन्दर्भमा यो सरकार असफल भयो । यो सरकार जति दिन बस्छ, देशले त्यति दु:ख पाउने हो । त्यतिधेरै देश ओरालो लाग्ने हो । यो सरकार असफल सरकार हो । यस्तो प्रकारको सरकार बन्नुपर्छ भन्ने नेपाली जनताको चाहना होइन । नेपाली जनताको जनादेश पनि यो होइन । यो प्रकारको खिचडी सरकार नेपाली जनताले चाहेको होइन । तर अव के छ भने संसदको अंक गणितले यही सरकार बन्यो । यो खिचडी सरकारले देशलाई अगाडि लैजान सक्दैन । यसको कुनै नीति छैन, विचार छैन, विश्लेषण छैन, गन्तव्य छैन, केही पनि छैन । बाँडने र खाने भन्दा यो सरकारको केही पनि छैन । यो असफल सरकार हो । सरकार त असफल भयो । तर सरकार फेर्नका लागि, सरकार बदल्नका लागि संसदको अंक गणितले साथ दिनु पर्छ । त्यो संसदको अंक गणितले साथ दिन्छ कि दिँदैन भन्ने कुरा चाँही एमालेको इच्छाले मात्रै तय गर्दैन । हामी देखिराखेका छौं–सरकारमा सहभागी दलहरु र त्यसका नेताहरुले भनिराखेका छन–यो सरकार असफल भयो । यसलाईं नम्बर दिनुपर्‍यो भने १० प्रतिशत नम्बर दिन्छु भनिराखेका छन साथीहरु । १० प्रतिशत नम्बर पनि दिने, सरकार पनि बोकेर हिँडने पनि देखेका छौं हामी फेरी । त्यसकारणले प्रश्न के छ भन्दाखेरी यो सरकार असफल भयो भन्ने कुरा स्वयम् सत्तारुढ दलका नेताहरुले पनि भनिरहनु भएको छ । असफल भयो भने यो असफल सरकारलाई बोक्ने किन ? प्रश्न यो हो । तर के छ भन्दाखेरी फेरि पनि नेकपा एमाले जनमतको हिसावले देशको पहिलो पार्टी हो । संसदको सिट संख्याको हिसावले हाराहारीको तर दोस्रो सिट संख्यामा छौं । हाम्रो संख्या सरकार बनाउनका निम्ति र सरकार फेर्नका निम्ति पुग्दैन । पर्याप्त छैन । त्यसले गर्दा यो सरकार कतिसम्म रहन्छ वा रहँदैन भन्ने कुरा संसद भित्रको अंकगणितले तय गर्ने कुरा भयो । तर आम नेपालीले यो क्षेत्र वा त्यो क्षेत्र भन्ने छोडौं । निजी क्षेत्रको कुरा गर्नुस् । युवा विद्यार्थीको कुरा गर्नुस् । बुद्धिजीविको कुरा गर्नुस् । पेशा कर्मीको कुरा गर्नुस् । मजदुर, किसानको कुरा गर्नुस् । सबै क्षेत्र यो सरकारसँग असन्तुष्ट छन । असहमत छ । र, यो सरकारले देशलाई रसातलतर्फ लगिरहेको छ । यो सरकार सम्पूर्ण रुपमा असफल रह्यो ।’

उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पार्नुभयो ।