१६ भाद्र २०८३, मंगलवार
,
Latest
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आक्रोश: छोरीमाथिको आक्रमण व्यवस्थामाथिकै हमला



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला भएकोबताउनु भएको छ ।

एनसेल बिक्री प्रकरणमा जबाफ दिन राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालले छोरीमाथि भएको आक्रमण लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला भएको बताउनु भयो ।

बैठकमा उहाँले भन्नुभयो -मेरो परिवारमा अब तीन जना सदस्यमात्रै बाकी छन् । एउटा छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छन् । अर्को छोरी मेरो सचिवालयमा काम गरिरहेको छ । त्यो बिचरा कस्तो छ, सबैलाई नै थाहा छ । उसलाई जोडेर कहिले उचालिएको छ, कहिले पछारिएको छ । यो लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला हो । प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरोविरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ? मलाई थाहा छ, चुप लागेको हो । यहा समितिमा प्रश्न उठेकोले जवाफ दिएको हो ।

पछिल्ला समयमा बिभिन्न प्रकरणमा प्रधानमन्त्रीका परिबारका सदस्यको संग्लनता रहेको भन्दै आलोचना भै रहेको छ ।