• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

प्रधानमन्त्रीको आक्रोश: छोरीमाथिको आक्रमण व्यवस्थामाथिकै हमला



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला भएकोबताउनु भएको छ ।

एनसेल बिक्री प्रकरणमा जबाफ दिन राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालले छोरीमाथि भएको आक्रमण लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला भएको बताउनु भयो ।

बैठकमा उहाँले भन्नुभयो -मेरो परिवारमा अब तीन जना सदस्यमात्रै बाकी छन् । एउटा छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छन् । अर्को छोरी मेरो सचिवालयमा काम गरिरहेको छ । त्यो बिचरा कस्तो छ, सबैलाई नै थाहा छ । उसलाई जोडेर कहिले उचालिएको छ, कहिले पछारिएको छ । यो लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला हो । प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरोविरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ? मलाई थाहा छ, चुप लागेको हो । यहा समितिमा प्रश्न उठेकोले जवाफ दिएको हो ।

पछिल्ला समयमा बिभिन्न प्रकरणमा प्रधानमन्त्रीका परिबारका सदस्यको संग्लनता रहेको भन्दै आलोचना भै रहेको छ ।