२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

डबली संस्कृति ब्युँताउन शम्भुजीतको सक्रियता, मेयर बालेनको साथ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालको सांस्कृतिक राजधानी काठमाडौंमा कुनैबेला अत्यन्त लोकप्रिय रहेको ‘डबली संस्कृति’ ब्युँताउन छलफल सुरु गरेको छ ।

डबली संस्कृतिलाई पुनर्जागृत गरेर महानगरका चोकचोकमा नाटक र कन्सर्ट गर्ने बारेमा महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाबीच सोमबार छलफल समेत भएको छ । छलफलमा वरिष्ठ संगीतकार बास्कोटाले आफूले धेरैअघि सञ्चालनमा ल्याएको टेलिभिजन रियालिटी शो ‘प्रतिभाको डबली’लाई पुन: प्रारम्भ गर्न चाहेको र यसमा महानगरले सघाउनुपर्ने प्रस्ताव अघि सार्नु भएको थियो ।

यद्यपी गीत, संगीतप्रति विशेष चासो राख्ने महानगर प्रमुख बालेनले ‘रिभाइभ दबु’ नाम दिएर बाह्रै महिना नाटक र गीत प्रस्तुत गर्न सकिने सोच अघि सार्नु भएको छ । जसअनुसार काठमाडौंका स्थानीय कलाकार र राष्ट्रिय कलाकारलाई समेटेर कन्सर्ट गर्ने महानगरको तयारी छ ।

बाँस्कोटा गीतकार, संगीतकार मौलिक स्वर भएका गायक मात्र नभई विभिन्न रियालिटी सो को कुशल सञ्चालक, प्रस्तोता र मोडरेटरका रुपमा चिनिनुहुन्छ । बास्कोटाले तीन हजार बढी गीतमा संगीत दिनु भएको छ भने २५० भन्दा बढी चलचित्रमा पाश्र्व संगीतकारको भूमिका निर्वाह गर्नुभएको छ ।

बास्कोटाकै परिकल्पना र निर्देशनमा २०४४ सालमा पहिलो पटक गायन, नृत्य र बाद्यबाद्यनको रियालिटी सो सञ्चालन भएको थियो । नेपालको मौलिक सो का रुपमा सञ्चालन भएको कार्यक्रम केही समय पछि बन्द हुन पुग्यो । त्यस बेलासम्म अन्य मुलुकमा यस्ता सो हरुका बारेमा चर्चा परिचर्चा पनि भएको थिएन ।

प्रज्ञा प्रतिष्ठानको ओपन थियटर जसलाई पछि डबली नामकरण गरिएको स्थानमा अग्रज कलाकारहरुका सामुन्ने नवप्रतिभाहरुले आफ्नो प्रस्तुति दिने गरेका थिए । त्यस समयमा गायक हरिप्रसाद रिमाल, धर्मराज थापा, नारायण गोपाल, प्रेमध्वज प्रधान लगायतका चर्चित श्रष्टाहरुले स्वयं कार्यक्रम स्थलमै उपस्थित भएर नवकलाकारको मूल्याङ्कन गर्नु भएको थियो । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्थापना गर्नु भएको मह स्टुडियोमा प्रारम्भिक छनौट गरी छानिएका प्रतिभालाई प्रज्ञा प्रतिष्ठानको डबली, बसन्तपुर, पाटन कृष्ण मन्दिर, भक्तपुर दरबार क्षेत्रमा प्रदर्शन गर्ने गरिएको थियो ।

कार्यक्रम हेर्न उल्लेख्य मात्रमा उपस्थिति हुने गरेको थियो । अहिले यहि परम्परालाई ब्युँताउन महानगरपालीकाले पहल गरेकामा सर्वत्र चर्चा हुन थालेको छ ।