१८ श्रावण २०८३, सोमबार
,
Latest
नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः हैदरावादका पूर्व कोचले गरे ठूलो भविष्यवाणी-स्टिभ स्मिथ ‘अनसोल्ड’ हुनेछन्



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को मिनी लिलामीको काउन्टडाउन सुरु भएको छ । धेरै खेलाडीको भाग्य आज दुबईमा तय हुँदैछ । यस लिलामीमा अन्तर्राष्ट्रिय क्रिकेटका धेरै दिग्गज खेलाडीले आफ्नो नाम पठाएका छन् ।

आफ्नो कप्तानीमा अष्ट्रेलियालाई विश्व च्याम्पियन बनाउने प्याट कमिन्स पनि लिलामीको हिस्सा हुनेछन् । यद्यपि, सनराइजर्स हैदरावादका पूर्व प्रशिक्षक टम मुडीले कमिन्स नभई मिनी लिलामीमा बिक्रि हुने सबैभन्दा महँगो खेलाडी मिचेल स्टार्क हुने विश्वास व्यक्त गरेका छन् ।

खेलकुद मञ्चमा कुरा गर्दै टम मुडीले भने कि उनका अनुसार मिनी लिलामीमा बिक्रि हुने सबैभन्दा महँगो खेलाडी मिचेल स्टार्क हुनेछन् । उनले भने, ‘स्टिभ स्मिथ अनसोल्ड हुनेछन् र मिचेल स्टार्कले लिलामीका सबै रेकर्ड तोड्न सफल हुनेछन्, जुन हाल साम करनको नाममा छ। मलाई लाग्छ कि स्टार्कले पनि साम करनको १८.५० करोड मूल्य करोड पार गर्नेछन् ।’

 




भर्खरै