१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल टेलिभिजनका सम्वाददाता ईश्वर ललितपुर महानगरबाट सम्मानित

नेपाल टेलिभिजनका सम्वाददाता ईश्वर ललितपुर महानगरबाट सम्मानित
अ अ+ अ-

ललितपुर। नेपाल टेलिभिजनको ललितपुर जिल्ला सम्वाददाता ईश्वर महर्जन ललितपुर महानगरपालिकाको ‘महानगर गौरव पुरस्कार’बाट पुरस्कृत भएका छन् ।

मुलुककै जेठो नगरपालिका ललितपुर महानगरपालिकाको सोमबार सम्पन्न १०५ औं स्थापना दिवसको अवसरमा १ लाख रुपैयाँ राशीसहित ताम्रपत्रबाट महर्जनलाई सम्मान गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पत्रकार महर्जनलाई दोसल्ला ओढाएर, १ लाख रुपैयाँ राशी र ताम्रपत्रबाट सम्मान गरेका थिए ।

ललितपुर महानगरका गतिविधि र समाचारलाई नेपाल टेलिभिजनमार्फत प्रचार प्रसार गरि महानगरलाई संसारभर चिनाउन उल्लेखनीय योगदान गरेवापत महर्जनलाई ललितपुर महानगरको गौरवको रुपमा पुरस्कृत गरिएको हो ।

५४ वर्षिय पत्रकार महर्जन विगत २४ वर्षदेखि नेपाल टेलिभिजनको ललितपुर सम्वाददाता रुपमा कार्यरत छन् । उनी १५ वर्षको उमेरदेखि फोटोग्राफि र भिडियोग्राफि गर्दै आएका थिए ।

 

उनका दाई कृष्ण महर्जन नेपाल टेलिजिभनको ललितपुर जिल्ला सम्वाददाता हुँदादेखि नै दाईको काममा उनले सहयोग गर्दै आएका थिए । दाई कृष्णले नेपाल टेलिभिजन छोडे लगत्तै महर्जन २०५६ सालदेखि नेपाल टेलिभिजनमा सम्वाददाताको रुपमा प्रवेश गरेका थिए ।

उनी यसअघि पनि विभिन्न संघसंस्था र निकायबाट सम्मानित भईसकेका छन् ।