२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग अन्तिम १६ ड्रः कुन टिम कोसँग भिड्ने ?



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजानिक भएको छ । सोमबार साँझ सार्वजानिक ड्र अनुसार साविक विजेता म्यानचेस्टर सिटीले डेनिस क्लब कोपनहेगन एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनलले पोर्टोको सामना गर्नेछ ।

त्यस्तै १४ पटकको च्याम्पियन रियल मड्रिडले आरबी लाइप्जिग प्रतिद्वन्द्वी पाएको छ भने गत संस्करणकोउपविजेता इन्टर मिलानले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, जर्मन महारथी बार्यन म्युनिखले इटालीको लाजियोसँग खेल्नेछ ।

प्रतियोगिताको पहिलो लेग १३ र १४ तथा २० र २१ फेब्रुअरी मा हुनेछन् भने दोस्रो लेग ५ र ६ तथा १२ र १३ मार्चमा हुनेछ । प्रतियोगिताको फाइनल जुन १ मा लण्डनको वेम्बली मैदानमा हुने छ ।

अन्तिम १६ को ड्रः

पोर्टो भर्सेस आर्सनल

नापोली भर्सेस बार्सिलोना

पिएसजी भर्सेस रियल सोसिडाड

इन्टर मिलान भर्सेस एट्लेटिको मड्रिड

पिएसभी आइन्डोभन भर्सेस बोरुसिया डर्टमण्ड

लाजियो भर्सेस बार्यन म्युनिख

कोपनहेगन भर्सेस म्यानचेस्टर सिटी

आरबी लाइप्जिग भर्सेस रियल मड्रिड