१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व सामाजिक मञ्चको सोह्रौ संस्करण नेपालमा हुने



अ+ अ-

काठमाडौं । विश्व सामाजिक मञ्चको सोह्रौ संस्करण नेपालमा हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्व सामाजिक मञ्च आयोजक समितिले सो जानकारी गराएको हो । संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुनेछ ।

सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेबाट आरम्भ भएको उक्त विश्व सामाजिक मञ्च यसअघि दक्षिण एशियामा सन् २००४ मा आयोजना भएको थियो । फेब्रुअरी १५ का दिन विहान ऐक्यवद्धता र्‍यालीपछि खुलामञ्चमा जम्मा हुनेछ । विश्वभरबाट ५० हजारको संख्यामा सहभागि हुने र सो पछिका ४ दिनसम्म विभिन्न १३ वटा विधाहरुमा विभिन्न सत्रहरु आयोजना हुने आयोजक समिति सदस्य नेत्र तिमिल्सिनाले बताउनु भयो ।

उहाँले सम्मेलनमा विश्वभरका विभिन्न सामाजिक सवालहरुलाई एकै थलोमा छलफल गरी आर्थिक असमानता, युद्ध, द्वन्द्व, बेथिति, जलवायु परिवर्तन, अन्याय, अत्याचार, मानव बेचबिखन, शोषण जस्ता सवालहरुमा केन्द्रित रहने बताउनु भयो । उहाँले विश्व सामाजिक मञ्चले विश्वभर नै शान्ति, समानता, स्थिरता, जलवायु न्याय, मानव अधिकार, श्रमिक अधिकार, खाध्य सम्प्रभुताका पक्षमा आवाज उठाउँदै आएको पनि बताउनु भयो ।

उहाँले काठमाडौंको राष्ट्रिय सभागृहमा सो कार्यक्रम हुने तयारी रहेको बताउनु भयो ।