१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विश्व सामाजिक मञ्चको सोह्रौ संस्करण नेपालमा हुने

विश्व सामाजिक मञ्चको सोह्रौ संस्करण नेपालमा हुने
अ अ+ अ-

काठमाडौं । विश्व सामाजिक मञ्चको सोह्रौ संस्करण नेपालमा हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्व सामाजिक मञ्च आयोजक समितिले सो जानकारी गराएको हो । संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुनेछ ।

सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेबाट आरम्भ भएको उक्त विश्व सामाजिक मञ्च यसअघि दक्षिण एशियामा सन् २००४ मा आयोजना भएको थियो । फेब्रुअरी १५ का दिन विहान ऐक्यवद्धता र्‍यालीपछि खुलामञ्चमा जम्मा हुनेछ । विश्वभरबाट ५० हजारको संख्यामा सहभागि हुने र सो पछिका ४ दिनसम्म विभिन्न १३ वटा विधाहरुमा विभिन्न सत्रहरु आयोजना हुने आयोजक समिति सदस्य नेत्र तिमिल्सिनाले बताउनु भयो ।

उहाँले सम्मेलनमा विश्वभरका विभिन्न सामाजिक सवालहरुलाई एकै थलोमा छलफल गरी आर्थिक असमानता, युद्ध, द्वन्द्व, बेथिति, जलवायु परिवर्तन, अन्याय, अत्याचार, मानव बेचबिखन, शोषण जस्ता सवालहरुमा केन्द्रित रहने बताउनु भयो । उहाँले विश्व सामाजिक मञ्चले विश्वभर नै शान्ति, समानता, स्थिरता, जलवायु न्याय, मानव अधिकार, श्रमिक अधिकार, खाध्य सम्प्रभुताका पक्षमा आवाज उठाउँदै आएको पनि बताउनु भयो ।

उहाँले काठमाडौंको राष्ट्रिय सभागृहमा सो कार्यक्रम हुने तयारी रहेको बताउनु भयो ।