• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’

नेपाल सुपर लिग फुटबल: धनगढी र काठमाडौँबीचको खेल बराबरीमा सकियो



काठमाडौँ: राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत आज भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला सम्पन्न खेलमा धनगढी र काठमाडौँबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यससँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो । खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौँले बराबरी गोल गर्‍यो । काठमाडौँको तोजीदिनोभको क्रसमा किङ्गे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक–एक गोलको बराबरीमा सकियो ।

यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । काठमाडौँ पाँच खेलमा नौ अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा यथावत् रहेको छ ।रासस