काठमाडौंं । वेलकम एड्भरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिको प्राङ्गणमा वेलकम ग्रुप परिवारले आज (शुक्रवार) एक-आपसमा शुभकामना आदानप्रदान गरि होली मनाएको छ ।
वेलकम ग्रुपका संचालक निर्मलराज पौडेलले होलीको शुभकामना दिदै कोरोना भाइरसबाट थिल्थिलो भएको नेपाली समाजलाई कोरोना भाईरसबाट डराउनको साटो विज्ञद्वारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवारमा मात्र सिमित रही यस वर्षको होली मनाउन आग्रह गर्नुभएको छ ।
संचालक पौडेलले भननुभयो, "आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन समय परिस्थिति अनुसार सामाजिक दूरि कायम राख्दै आपसी मित्रता र एकताको प्रतिकको रुपमा मनाइने पर्व होली सुरक्षित तरिकाले एक आपसमा रंग खेलि शुभकामना आदानप्रदान गरि मनाउनु पर्छ ।"
होली पर्व एक विशेष महत्व बोकेको पर्व हो । “असत्य माथि सत्यको विजय ”को प्रतिकको रुपमा गृष्म ऋतुको आगमनसँगै होली पुर्णिमाको दिन एक आपसमा विभिन्न रंग खेलि यो पर्व मनाईन्छ । कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा, यसपालि पनि मास्क लगाएर होली मनाईने भएको छ ।











