२ भाद्र २०८३, मंगलवार
,
Latest
अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत



अ+ अ-

सियोल। चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ विकासतर्फ लैजान तयार रहेको बताउनुभएको प्योङयाङको राज्य सञ्चालित सञ्चारमाध्यम ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले आइतबार जानकारी गराएको छ।

गत महिना सी जिनपिङको उत्तर कोरिया भ्रमणपछि उहाँहरूबीच उक्त कुराकानी भएको हो । उक्त भ्रमणका क्रममा दुई नेताले कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको र प्योङयाङले रुससँग सैन्य सहकार्य बढाइरहेको बेला सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका थिए ।

जुलाई १ मा लेखिएको सन्देशमा राष्ट्रपति सीले चीनको कम्युनिस्ट पार्टीको स्थापना भएको १०५ औं वर्षगाँठको अवसरमा नेता किमले पठाएको बधाई सन्देशप्रति धन्यवाद व्यक्त गर्नुभएको केसीएनएले कोरियाली अधिकारीलाई उद्धृत गरी जानकारी दिएको हो ।

सीले भन्नुभयो, “किमको सन्देशले उत्तर कोरियाली नेता, सत्तारूढ वर्कर्स पार्टी र उत्तर कोरियाली जनताको चीनप्रतिको ‘गहिरो र न्यानो भावना’ झल्काएको छ ।

“चिनियाँ कम्युनिस्ट पार्टी र कोरियन वकर्स पार्टी दुवै माक्र्सवादी सत्तारूढ पार्टी हुन्”, सीले भन्नुभयो, “दुई देशले राष्ट्रिय स्वतन्त्रताका लागि सँगै लडेका थिए र पुस्तौंदेखि समाजवादी लक्ष्यलाई संयुक्त रूपमा अगाडि बढाएका छन्।”

“म दुवै पक्षका सम्बन्धित क्षेत्रहरूलाई हामीबीच भएको महत्वपूर्ण साझा समझदारीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशित गर्न तयार छु र चीन–उत्तर कोरिया सम्बन्धलाई दीर्घकालीन, स्वस्थ र स्थिर विकासतर्फ नेतृत्व गरिनेछ,” सीले भन्नुभयो ।

हालै प्योङयाङको राजकीय भ्रमणको सन्दर्भमा सीले किमलाई भ्रमणका क्रममा दिइएको ‘उत्साही र मित्रवत्’ आतिथ्यताको लागि धन्यवाद दिनुभएको छ ।

यो सन्देश किमको पत्रको जवाफमा आएको हो। किमले दुई नेताको नेतृत्वमा प्योङयाङमा भएको शिखर सम्मेलनलाई ‘ऐतिहासिक अवसर’ भन्नुभएको थियो र बेइजिङसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउने उत्तर कोरियाको ‘अटल अडान’ रहेको बताउनुभएको थियो ।

उत्तर कोरियाले रुससँग सुरक्षा सम्बन्ध विस्तार गरेको छ । प्योङयाङले मस्कोको युक्रेन आक्रमणमा सहयोग गर्न सैनिक र हतियार पठाएको छ।
यद्यपि, चीन उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदार हो । दक्षिण कोरियाको अर्थतन्त्र तथा वित्त मन्त्रालयका अनुसार सन् २०२४ मा उत्तर कोरियाको विदेशी व्यापारको करिब ९८ प्रतिशत चीनसँग भएको थियो । रासस