८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा
अ अ+ अ-

चितवन। चितवनस्थित भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड (विद्युतीय सूचना पाटी) मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ ।

नयाँ व्यवस्थाअनुसार आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा निजका आफन्तलाई मोबाइल फोनमार्फत सन्देश (एसएमएस) पठाई जानकारीसमेत गराइनेछ । अस्पतालमा आइसियुका शय्या प्रायः खाली नहुने भएकाले बिरामी आइसियु सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेकाको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले आइसियु जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न उक्त व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइसियु सेवामा थप पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको नाम विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था लागू गरेका हौँ । आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा आफन्तलाई फोनमार्फत सन्देश पठाइने व्यवस्था गरेका छौँ । यसले सेवा प्रवाहलाई थप व्यवस्थित र विश्वासनीय बनाउन सहयोग पुग्नेछ ।”

अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी) काउन्टरबाट आइसियुमा भर्नाका लागि आवश्यक विवरण प्रविष्ट गरिनेछ । यस व्यवस्थाले आइसियुमा शय्या खाली भए/नभएको जानकारी सहज रूपमा प्राप्त गर्न सकिने तथा आवश्यकताका आधारमा सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालले जनाएको छ । यस व्यवस्थाले आइसियु शय्याको उपलब्धतासम्बन्धी जानकारी सहज बनाउनुका साथै चिकित्सकीय प्राथमिकता र निर्धारित प्रक्रियाअनुसार सेवा प्रवाह गर्न सहयोग पुग्ने प्रवक्ता डा सापकोटाले बताउनुभयो ।

छ सय शय्याको भरतपुर अस्पतालमा हाल वयस्कतर्फको सघन उपचार सेवाअन्तर्गत पुरानो आइसियु (एमआइसियु र एआइसियु) मा १८ शय्या, नयाँ आइसियु तथा सिसियुमा १८ शय्या र बर्न वार्डको आइसियुमा दुई शय्या गरी कूल ३८ शय्या सञ्चालनमा रहेका छन् ।

बालबालिका तथा नवजात शिशुका लागि ३५ शय्याको आइसियु सेवा उपलब्ध छ । अस्पतालको आकस्मिक विभागमा ५० शय्या छन् । अस्पतालमा दैनिक रूपमा तीन हजारभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । रासस