• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा ★   विदेशी पोसाकमा देखिए ‘फुलेराका गाउँलेहरू’ ★   जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण ★   ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

नेपालको हवाई उडान कालोसूचिमा पर्नुको कारणबारे नेपाल एयरलाईन्ससँग छलफल गर्ने



काठमाडौँ । संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (इयु) को कालो सूचिबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगमसँग छलफल गर्ने भएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आईतवार सिंहदरवारमा बसेको बैठकले सो सम्बन्धि छलफल गर्नका लागि पुस ५ गते निगम पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

निगम पदाधिकारीहरुले आज समितिको बैठकमा गरेको प्रारम्भिक बिफ्रिङ चित्तबुझ्दो नभएकाले पुन: छलफल गर्नका लागि पुस ५ गतेको बैठक बोलाइएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिनुभयो । निगमले नेपालको हवाई उडानलाई इयूको कालोसूचिबाट हटाउने सम्बन्धि विस्तृत योजना ल्याउनुपर्ने समितिको निष्कर्ष छ । निगमले नेपाल नागरिक उडड्यन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई दोष लगाउने भन्दा पनि आफूले जिम्मेवार ढंगले कार्ययोजना पेश गर्नुपर्ने बताउनु भयो ।

सभापति यादवले भन्नुभयो, ‘मन्त्रालय र क्यानको पार्ट हामी उनीहरुसँगै सोध्छौं । तपाई आफ्नो पार्टमा जुन तपाईको काम हो । त्यसको तयारी गरिसकेपछि हामी क्यान र मन्त्रालयलाईसँगै राखेर अब कसरी जाने भनेर सोध्छौं । तर अब तपाईहरुको पार्टबाट त तयारी गर्नुपर्‍यो नि । आफ्नो पार्टबाट गर्नुपर्ने काम त गर्नुपर्‍यो नि भन्ने कुरा हो । त्यसैले विषयहरु उठान भएको छ । अव खासगरी इयुको सवालमा मलाई लाग्छ–सम्माननीय प्रधानमन्त्रीजीले पनि चासो राख्नुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको र अन्तर्राष्ट्रिय रुपमा चाँही नेपालको बेइजत हुने स्थितिमा पुगेको । जसरी अहिले कुरा आयो नि नेपाल एयरलाईन्स सिंगल बोडी हो । अरु पनि जोडिएको हो । तर नेपाल एयरलाईन्सले त्यो सेफ्टी पार गरेको भए कम्तिमा या एयरलाईन्स त युरोप जान पाउथ्यो नि ।’

‘अरु डोमेस्टिकहरुको कुरा आफ्नो होला । त्यो हामी क्यानसँग कुरा गरौँला । त्यसैले मेरो स्पष्ट यहाँहरुसँग कुरा के हो भने तपाईले आफ्नो पार्टमा मैले यो यो गरेँ । अब मैले आफ्नो तर्फबाट सबै जिम्मेवारीहरु पूरा गरेँ । मेरो बलबुँताले भ्याएसम्म यो गरेँ । अरु मन्त्रालय र क्यानको बारेमा हामी उनीहरुसँगै हिसाव मागौला । त्यसपछि मात्रै हामी अरु विषयमा छलफल गरौला । जहाज खरिददेखि लिएर म्यानेजमेन्टका अरु विषयहरुमा कुरा गरौँला । पहिला यो विषयमा तपाईहरु तयारीका साथ बुँदागत हिसावमा आउनु पर्‍यो । अब यो पहिले जस्तो हामी कुरा धेरै गर्ने तर रिजल्ट नआउने अवस्था हुनुहुन्न । त्यसैले अब ५ गते ११ बजे डकुमेन्टसहित तपाईहरुको फुल टिम आउनु होला ।’

बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले इयूको प्रतिवेदनमा औल्याइएको विषयलाई हल गरेर त्यसको कालो सूचिबाट नेपालको हवाई उडानलाई हटाउनका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणको नेतृत्वमा सबै हवाई उडान प्रदायक संस्थाहरुले मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगम एक्लैको कारणले नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचिमा यस वर्ष पनि राखेको भन्ने कुरा साँचो नभएको जिकिर समेत गर्नुभयो । कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडानको क्षेत्रमा संरचनागत सुधारको पक्षलाई पनि इयुले औंल्याएको उल्लेख गर्दै ती समस्याको समाधान नेपाल नागरिक उडड्यन प्राधिकरण –क्यान)को नेतृत्वमा मात्रै सफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो चाँही नेपाल वायु सेवा निगमको कमीकमजोरीको कारणले ब्ल्याकलिष्टबाट हटेन भन्ने म्यासेज आएपछि हामी स्तब्ध भयौं । तर वास्तविकता त्यो थिएन । पहिला हामीले बाहिर बोल्नु भन्दा पनि इयूको रिपोर्ट नै हेर्‍यौं । सो रिर्पोटमा पनि त्यस्तो थिएन । हाम्रा ३ वटा कुराहरु औल्याएको छ सुधार गर्नुपर्ने भनेर । र, क्यानको विषयमा पनि ५/७ वटा बुँदाहरु औंल्याएको छ । र, गम्भिर विषयहरु सिभिल एभिएशनको बारेमा छ । त्यो कुराहरुको बारेमा इयूको रिर्पोटनै हजुरहरुलाई बाढौँला । त्यसबाट अध्ययन गर्‍यो भने थाहा हुन्छ । र, यो विषय बस्तु कस्तो हो भने सिभिल एभिएशन नियमक निकाय भएको हुनाले उसैको अगुवाईमा एयरलाईन्सहरुलाई पनि समेटेर लगेर बाँकी भएका समस्याहरुको पनि समाधान गर्दै जानुपर्ने हो । तर एकले अर्कालाई दोषारोपण गरेर समस्याको समाधान हुँदैन । अधिकांश समस्याहरुको समाधान भइसकेको छ । केही संरचनागत सुधारका कुराहरु छन् । यसलाई पनि सिभिल एभिएशन र एयरलाईन्सहरुले मिलेर अघि बढे यो ब्ल्याकलिष्टबाट चाँडै नै हट्छ भन्नेमा निगम विश्वस्त छ ।’

कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडान इयुको कालोसूचिमा पर्नुमा क्यानमाथि पनि प्रश्न औंल्याएको आरोप लगाउनु भयो ।