५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवसँग भएको तीन बुँदे सम्झौता कार्यन्वयन गर्न समाजवादी मोर्चाको आग्रह



file photo
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकोमा समाजवादी मोर्चाले आपत्ति जनाएको छ ।

अदालतबाट जारी पक्राउ पुर्जीको विरोध गर्दैै समाजवादी मोर्चाले सोमबार विज्ञप्तिमार्फत नेकपासँग भएको तीन बुँदै सम्झौता कार्यान्वय गर्न आग्रह गरेको छ ।

मोर्चाका संयोजक तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौं ।’

विप्लवसहित नेकपा नेताहरूलाई असोज १८ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेकपा नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौंले असोज १४ गते गोरखापत्रमा पक्राउ पुर्जीको सूचना प्रकाशित गरेको थियो ।