११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र रावलमाथि अनुशासनको कारबाही हुने, गुटका कुनै शर्त मान्य हुँदैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि गुटले राखेका शर्तहरु मान्य नहुने बताउनुभएको छ ।  

एमाले संसदीयदलको बैठकमा बौल्दै प्रधानमन्त्री ओलीले अर्का नेता माधव नेपाल पक्षले राखेका कुनै शर्त स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले गुटगत र समूहगत आधारमा छलफल नहुने भन्दै एमाले २०७५ जेठ २ मै फर्किएको र माओवादीबाट एमालेमा आएका नेताहरु पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापन मात्र गरेको जानकारी गराउनुभयो । 

प्रधानमन्त्री ओलीले माधव नेपाल र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले उनीहरु कारवाहीको भागीदार हुने बताउनुभयो ।  

नेता नेपाल र रावलले स्पष्टीकरण बुझाएपनि नेता धनश्याम भुषाल र सुरेन्द्र पाण्डेले भने बुझाउनु ठिक सुरु भएलगत्तै नेता खनाल  पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने  घारणाा राख्दै आफना भनाई राखेर बाहिरिनुभएको थियो । 

खनालले राखेको बिषयमा जबाफ दिँदै प्रधानमन्त्री ओलीले कुनै पनि सर्त स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो ।  उहाँले बैठकमा भन्नुभयो मलाई त उहाहरुले प्रचण्डसँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गर्नुभएको थियो , त्यस्तो अपराध गर्नेहरूलाई पनि आफूले स्पष्टीकरणमात्र सोधेर सुधार्न खोजको हुँ ।