२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरलामा कोभिडको नयाँ भेरियन्ट फेला, भारतमा एकै दिन ५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतमा फेरि एकपटक कोभिड–१९ का केसहरू बढ्न थालेका छन् । कोरोनाको जेएन-वान नयाँ भेरियन्ट केरलामा फेला परेको छ ।

जसका कारण आइतबार चार जनाको मृत्यु भएको थियो । यूपीमा पनि एक कोभिड पोजिटिभ व्यक्तिको ज्यान गएको छ । यद्यपि, ती रोगी जेएन-वान भेरियन्टबाट संक्रमित थिए या थिएनन् भन्ने पुष्टि भएको छैन ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा आइतबार ३३५ नयाँ कोभिड-१९ मा सङ्क्रमण भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १,७०१ पुगेको बताएको छ ।

कर्नाटक सरकारले सब भेरियन्ट जेएन-वान बारे अलर्ट जारी गरेको छ । केरलामा स्वास्थ्यमन्त्री वीणा जर्जले भनिन्– चिन्ता लिनु पर्दैन । हामीले निरन्तर अनुगमन गरिरहेका छौँ ।

आईसीएमआरका महानिर्देशक डा राजीव बहलका अनुसार केरलाको तिरुवनन्तपुरममा डिसेम्बर ८ मा यो केस आएको थियो । जब ७९ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको थियो । महिलामा इन्फ्लुएन्जा जस्तो रोगको हल्का लक्षणहरू थिए । तर पछि उनी कोभिड-१९ बाट निको भइन् ।

भारतमा कूल कोरोना संक्रमितको संख्या ४ करोड ५० लाख नाघेको छ । योसँगै भाइरसबाट निको हुनेको संख्या बढेर ४.४४ करोड (४,४४,६९,७९९) पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा निको हुने दर ९८.८१ प्रतिशत रहेको छ । कोभिड–१९ का कारण भारतमा अहिलेसम्म ५ लाख ३३ हजार ३१६ जनाको मृत्यु भएको छ ।




भर्खरै