४ श्रावण २०८३, सोमबार
,
Latest
पुँजी बजारलाई सरकारको उच्च प्राथमिकता, सुधारमा तीव्रता दिने प्रधानमन्त्री शाहको प्रतिबद्धता चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु दमकमा खैरो हेरोइनसहित एक पक्राउ चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’



अ+ अ-

महभिर । सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ ।

रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्र्न माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल ९टान०को सहकार्यमा निर्माण गरिएको उक्त ‘रक क्लाइम्बिङ सेन्टर’ आज विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्वकिर्तिमानी आरोही कामीरिता शेर्पाले शुभारम्भ गर्नुभयो ।

रक क्लाइम्बिङ सेन्टरको शुभारम्भ गर्दै विश्वकिर्तिमानी आरोही शेर्पाले नेपालमा थुप्रै डाँडाहरु रक क्लाइम्बिङका लागि उत्कृष्ट भएको बताउनुभयो । “नेपालका डाँडाहरुलाई विश्वमा बेच्न सके पर्यटन क्षेत्रमार्फत नेपालमा राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु पर्यटकका लागि राम्रो सम्भाव्यता बोकेको जिल्ला भएकाले यसको विकासका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले पछिल्लो समय स्थानीय तहले जथाभावी मोटर बाटो खन्दै जाँदा पदमार्ग हराउँदै गएको बताउनुभयो । उहाँले सोलुखुम्बुमा पर्यटकलाई आकर्षण गर्न प्रकृति र संस्कृतिलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो ।

माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उदेश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको बताउनुभयो । उहाँले उक्त ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय तालिम सेन्टरका रुपमा विकास गर्न गाउँपालिका लाग्ने बताउनुभयो ।

टानका महासचिव विनोद सापकोटाले पछिल्लो समय टानले विभिन्न स्थानीय सरकारसँग मिलेर नयाँ पदमार्ग खोज्दै त्यसलाई ‘ब्राण्डिङ’ गर्न लागेको बताउनुभयो । सो अवसरमा विभिन्न रक क्लाइम्बरहरुले रक क्लाइम्बिङ गर्नुभएको थियो ।

माप्य दुधकोशी गाउँपालिकाले तीन दिन पहिलेमात्र उक्त गाउँपालिकामा ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण गरि शुभारम्भ गरेको थियो । उक्त पदमार्ग चार रात पाँच दिनको रहेको छ । रासस