३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँची अस्पतालमा भर्ना, विष दिएको आशंका

अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँची अस्पतालमा भर्ना, विष दिएको आशंका
अ+ अ-

एजेन्सी । अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना भएका छन् । मिडिया रिपोर्टले उनलाई विष खुवाइएको आशंका बताएको छ । तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । उनी २ दिनदेखि अस्पतालमा भर्ना छन् । उनलाई कडा सुरक्षामा राखिएको छ ।

इन्डिया टुडेको रिपोर्टका अनुसार अस्पतालमा दाउदलाई राखिएको फ्लोरमा अन्य कुनै बिरामी छैनन् । उनको परिवारका सदस्यहरू मात्र त्यहाँ जान सक्छन् । मुम्बई प्रहरीले पनि यस विषयमा निगरानी गरिरहेको छ । मुम्बईमा रहेका दाउदका आफन्तहरूबाट जानकारी सङ्कलन गर्ने प्रयास भइरहेको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार केन्द्रीय अनुसन्धान एजेन्सीका एक अधिकारीले दाउदलाई विष खुवाइएको खबर धेरै हदसम्म अफवाह हुनसक्ने बताएका छन् । दाउदको सुरक्षा यति बलियो छ कि कुनै पनि व्यक्तिलाई उनीसम्म पुग्न कम्तिमा १५० मानिस पार गर्नुपर्ने हुन्छ ।

दाउद इब्राहिम भारतको मोस्ट वान्टेड आतंकवादी हुन्, एनआईएले गत वर्ष पुरस्कार रकमको सूची जारी गरेको थियो। यसमा दाउदमाथि २५ लाख रुपैयाँ इनाम राखिएको छ । संयुक्त राष्ट्र संघले पनि दाउदलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सन् २००३ मा दाउद इब्राहिममाथि २५ मिलियन डलरको इनाम राखेको थियो ।

उनीविरुद्ध विभिन्न राष्ट्रिय एजेन्सीहरूले सम्पत्ति शुद्धीकरण मुद्दा र हतियार तस्करी मुद्दालगायत थुप्रै मुद्दा दायर गरेका छन् । उनले सन् १९७० मा सिन्डिकेट डी-कम्पनी गठन गरे ।

दाउद इब्राहिममाथि सन् १९९३ मा मुम्बईमा बम विस्फोट गराएको आरोप पनि छ । यसमा २५७ जनाको ज्यान गएको थियो भने ७०० जना घाइते भएका थिए ।

उनीमाथि हत्या, जबरजस्ती असुली, टारगेट किलिंग, लागुऔषध ओसारपसारको आरोप पनि छ । उनी हाल पाकिस्तानको कराँचीमा बस्दै आएको बताइएको छ तर पाकिस्तान सरकारले यसलाई अस्वीकार गर्दै आएको छ ।

जनवरीमा दाउदकी बहिनी हसिना पार्करले पाकिस्तानी मिडिया हाउस द न्यूज इन्टरनेशनललाई दाउद कराचीमा रहेको र दोस्रो पटक विवाह गरेको बताएकी थिइन् ।

अन्डरवर्ल्ड डन दाउद इब्राहिमको जन्म २७ डिसेम्बर १९५५ मा महाराष्ट्रको रत्नागिरीमा भएको थियो । उनका तीन छोराछोरी, (दुई छारी र एक छोरा) छन् । दाउद इब्राहिमकी पत्नी जुबिना जरिनलाई मेहजबीन शेख भनेर चिनिन्छ । दाउदको बाल्यकाल मुम्बईमा बित्यो । दाउदका बुबाका भाइ सलीम कश्मीरी अझै पनि यही क्षेत्रमा बस्छन् ।