६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायातमन्त्रीको दाबी: काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैनन्



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गर्नुभएको छ ।

सोमवार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताउनु भयो ।

उहाँले तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताउनु भयो । उहाँले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा, कृषिको क्षेत्रमा, खानेपानी, फोहोर व्यवस्थापनको क्षेत्रमा, खोलाको समस्याको समाधानको क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ । तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ । त्यसका लागि नेपाल सरकार तयार छ । पूर्वाधार निर्माणको क्षेत्रमा, सडक निर्माण, खाल्डाखुल्डी ममर्तका कुरा हुन्, काठमाडौं उपत्यकालाई धुलो रहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरा होस्, यी सबै काममा सहकार्य गरेर अघि जाऔँ । विकास निर्माणको काममा सहकार्य गर्न हामी तयार छौँ । काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डा देख्न सक्हुन्न । खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ, र पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ । बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिवद्ध छौँ ।’

मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलो रहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताउनु भयो ।