१२ फाल्गुन २०८१, सोमबार
February 24, 2025 Monday
Latest
सालकको खपेटा सहित चार जना पक्राउ नेपालका स्वार्थ समूहको चङ्गुलमा पर्दा इल्गा सम्मेलन विवादित, इल्गाकै सदस्य सहभागी हुनबाट वञ्चित स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं: मन्त्री पौडेल दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै काठमाडौँमा प्रदर्शन वर्तमान सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह ‘नेपालमा दातृ निकायहरुको सहयोग कटौती हुने जोखिम’ ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँः उपप्रधानमन्त्री सिंह सरकार फेर्ने पक्षमा लाग्दैनौँ : अध्यक्ष दाहाल अहिलेको परिवर्तन माओवादीले ल्याएको होः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनकारी शक्ति मिल्नु आवश्यक छः अध्यक्ष थापा



अ+ अ-

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र बाह्य शक्तिको चलखेललाई निस्तेज पार्न आन्दोलनकारी शक्ति तथा परम्परागत शक्तिबीच अहिले मिलन बिन्दुको आवश्यकता खड्किएको बताउनुभएको छ । 

राप्रपा मकवानपुरको ३१औं जिल्ला अधिवेशनको आज हेटौँडामा उद्घाटन कार्यक्रममा उहाँले राप्रपा मन, बचन र कर्मले मौजुदा संविधान, जनता र संसदीय प्रजातन्त्रप्रति अटल आस्था रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले देशमा राजनैतिक अस्थिरता बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले मुलुकलाई हिंसात्मक दंगा, तोडफोड र वैचारिक द्वन्द्वबाट पृथक राख्न मौजुदा सरकारले भविष्यमा जनतामा जाने निर्वाचनको मार्ग रोज्नुको विकल्प नभएको उल्लेख गर्दै संसद्मा रहेका दलका तर्फबाट बन्ने वैकल्पिक सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने बताउनुभयो ।

राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङले राष्ट्रको सार्वभौम, प्रेस स्वतन्त्रताका साथै प्रजातन्त्रलाई कमजोर तुल्याउने भूमिकामा बाह्य शक्तिले दललाई उपयोग गरेकामा चिन्ता व्यक्त गर्नुभयो । अर्का नेता विक्रम पाण्डेले राप्रपाले सबै दलसँग सहकार्य गरेर देशमा प्रजातान्त्रिक संस्कारको प्रवद्र्धन र दिगो शान्तिका लागि अगुवाई गर्ने उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य गणेश थापा, मधु अधिकारी, दिपक सिंह, राजाराम बर्तौला तथा मकवानपुरका कार्यबाहक अध्यक्ष शिवराम थापा लगायतले जनताबीचमा विश्वास दिलाउने कार्यमा सधै अग्रसर रहनुपर्नेमा जोड दिनुभयो ।