• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै ★   सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले ★   नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री ★   स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार ★   अल हिलाल साउदी प्रो लिग च्याम्पियन ★   आईपीएलमा आज: राजस्थानलाई प्लेअफमा पुग्न चेन्नईको चुनौती

फोहोर व्यवस्थापन दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन महानगरलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोहोर व्यवस्थापन दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन महानगरलाई विशेष आग्रह गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको १०५औ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री दाहालले भन्नुभयो फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवं रोजगारी सिर्जनासँग जोडेर जानुपर्दछ भन्नेमा सङ्घीय सरकार स्पष्ट छ ।

उहाँले भन्नुभयो- काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या काठमाडौंका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको सङ्घीय सरकारलाई अवगत नै छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक छलफल एवं यसको वैज्ञानिक एवं दीर्घकालीन व्यवस्थापनका निम्तिसमेत पहल गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ । त्यसका निम्ति मेरै पहलमा पटकपटक बैठक गरी समस्या समाधानको पहलसमेत गरिएको छ ।तसर्थ, फोहोर व्यवस्थापनको महानगरको प्रयासमा सङ्घीय सरकारको सधै साथ र सहयोग रहने जानकारी गराउँदै दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन म महानगरलाई विशेष आग्रह गर्दछु ।

उहाँले भन्नुभयो -फोहोर संकलन गर्ने अड्डाको रूपमा वि.सं. १९७५ मा छेमडोल अड्डाको नामबाट स्थापना भई आज महानगरपालिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल यस महानगरपालिकाको आफ्नै गौरवपूर्ण इतिहास छ । महानगरपालिकाले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा अनुकरणीय र अनुसरणीय कार्य गर्दै आएको छ ।

उहाँले उज्यालो तथा हरियालीको प्रवद्र्धन गर्दै ‘‘स्मार्ट शहर’’ को रूपमा समेत परिचित यस नगरले गरेका विकासका प्रयासहरू सह्रानीय भएको उल्लेख गर्दै यी कार्यहरू राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत प्रशंसनीय रहेको मैले अनुभूति गरेको
जनाउनु भयो ।

उहाँले खानेपानी समस्याको निराकरणका लागि पनि सङ्घीय सरकारको आवश्यक समन्वय र सहयोग रहने जाउदै सरकारले सञ्चालन गरेको स्वास्थ्य वीमा कार्यक्रमलाई अपनत्व लिँदै महानगरले आजदेखि शुभारम्भ गरी कार्यान्वयनमा ल्याएकोमा धन्यबाद दिनुभयो ।

प्रधानमन्त्री दहालले खासगरी सार्वजनिक निर्माणमा देखिएका कमीकमजोरी र सम्पदाको पुनर्निर्माणमा देखिएका नीतिगत र कानुनी जटिलताका लागि आएका गुनासोहरूका उचित सम्बोधन गरिने जनाउदै सार्वजनिक खरिद प्रक्रियामा नीतिगत र कानुनी सुधारका लागि प्रयास भइरहेकाले यो समस्याको सम्बोधन हुने कुरा विश्वास दिलाउनु भयो ।

ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन वास्तवमा प्रशंसनीय भएको जनाउदै उहाँले महानगरपालिकाभित्र पुनर्निर्माण भइरहेका अन्य मठमन्दिर, देवालय, शिवालय यसका ज्वलन्त उदाहरण भएको जनाउनु भयो ।