१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

फोहोर व्यवस्थापन दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन महानगरलाई प्रधानमन्त्रीको आग्रह

फोहोर व्यवस्थापन दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन महानगरलाई प्रधानमन्त्रीको आग्रह
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोहोर व्यवस्थापन दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन महानगरलाई विशेष आग्रह गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको १०५औ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री दाहालले भन्नुभयो फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवं रोजगारी सिर्जनासँग जोडेर जानुपर्दछ भन्नेमा सङ्घीय सरकार स्पष्ट छ ।

उहाँले भन्नुभयो- काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या काठमाडौंका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको सङ्घीय सरकारलाई अवगत नै छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक छलफल एवं यसको वैज्ञानिक एवं दीर्घकालीन व्यवस्थापनका निम्तिसमेत पहल गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ । त्यसका निम्ति मेरै पहलमा पटकपटक बैठक गरी समस्या समाधानको पहलसमेत गरिएको छ ।तसर्थ, फोहोर व्यवस्थापनको महानगरको प्रयासमा सङ्घीय सरकारको सधै साथ र सहयोग रहने जानकारी गराउँदै दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन म महानगरलाई विशेष आग्रह गर्दछु ।

उहाँले भन्नुभयो -फोहोर संकलन गर्ने अड्डाको रूपमा वि.सं. १९७५ मा छेमडोल अड्डाको नामबाट स्थापना भई आज महानगरपालिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल यस महानगरपालिकाको आफ्नै गौरवपूर्ण इतिहास छ । महानगरपालिकाले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा अनुकरणीय र अनुसरणीय कार्य गर्दै आएको छ ।

उहाँले उज्यालो तथा हरियालीको प्रवद्र्धन गर्दै ‘‘स्मार्ट शहर’’ को रूपमा समेत परिचित यस नगरले गरेका विकासका प्रयासहरू सह्रानीय भएको उल्लेख गर्दै यी कार्यहरू राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत प्रशंसनीय रहेको मैले अनुभूति गरेको
जनाउनु भयो ।

उहाँले खानेपानी समस्याको निराकरणका लागि पनि सङ्घीय सरकारको आवश्यक समन्वय र सहयोग रहने जाउदै सरकारले सञ्चालन गरेको स्वास्थ्य वीमा कार्यक्रमलाई अपनत्व लिँदै महानगरले आजदेखि शुभारम्भ गरी कार्यान्वयनमा ल्याएकोमा धन्यबाद दिनुभयो ।

प्रधानमन्त्री दहालले खासगरी सार्वजनिक निर्माणमा देखिएका कमीकमजोरी र सम्पदाको पुनर्निर्माणमा देखिएका नीतिगत र कानुनी जटिलताका लागि आएका गुनासोहरूका उचित सम्बोधन गरिने जनाउदै सार्वजनिक खरिद प्रक्रियामा नीतिगत र कानुनी सुधारका लागि प्रयास भइरहेकाले यो समस्याको सम्बोधन हुने कुरा विश्वास दिलाउनु भयो ।

ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन वास्तवमा प्रशंसनीय भएको जनाउदै उहाँले महानगरपालिकाभित्र पुनर्निर्माण भइरहेका अन्य मठमन्दिर, देवालय, शिवालय यसका ज्वलन्त उदाहरण भएको जनाउनु भयो ।