५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा गएका श्रमीकहरुलाई मताधिकार दिएमात्रै उनीहरुका मुद्दा सम्बोधन हुन्छन्: सरोकारवाला



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमीकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् ।

सोमवार ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक बहसमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमीकका मुद्दामा बोल्न शुरु गर्ने बताए । कार्यक्रममा बोल्दै ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरुले उनीहरुका मुद्दा सुन्ने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा गएका श्रमीकहरुले पठाएको रेमिट्यान्स सही ठाउँमा प्रयोग हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिनुपर्छ । किनभने कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने राजनीतिक पार्टीहरुले उहाँहरु का मुद्दामा बोल्न थाल्नुहुन्छ । जब मत खाडि मुुलुकबाट आउन थाल्छ, त्यसपछि उहाँहरुका मुद्दाले ठाउँ पाउँछ । वैदेशिक रोजगारीमा गएका जतिपनि श्रमीक छन्, ति श्रमीकहरुले पठाएको रेमिट्यान्सको सही सदुपयोग भएको छैन । त्यसलाई उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्छ, राज्यले त्यस्तो पोलिसि निर्माण गर्नुपर्छ । ३० लाख भन्दा बढी श्रमीक गएर जुन रेमिट्यान्स यहाँ भित्रिन्छ, त्यो भन्दा बढी गैरभारतीय श्रमीकहरु यहाँ काम गरेर उहाँहरुले त्यो भन्दा ठूलो रेमिटेन्स बाहिर लैजानुहुँदो रहेछ । रोजगारीमा जाने श्रमीकहरुलाई सीप दिनुपर्छ ।’

कार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमीकलाई सीपयुक्त बनाएर पठाउनसके थोरै संख्यामा गएर धेरै रेमिट्यान्स आउने बताउनु भयो । उहाँले वदेशमा गएका श्रमीकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले श्रमीकलाई सीपयुक्त बनाएर पठाउनसके उहाँहरुले थोरै संख्यामा गएर धेरै रेमिट्यान्स पठाउनुहुन्छ । नेपालमा जतिपनि शिक्षामा लगानी हुन्छ, यहाँ राम्रा विद्यालयमा पढाएका विद्यार्थीहरु बाहिर गएर उतै बस्ने र यताको बेचेर सम्पती लैजाने गर्नुहुन्छ । यहाँ विदेशमा गएका श्रमीकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाएर राज्यले युवाहरुलाई जोड्नुपर्छ । विदेशमा पठाउनुपर्छ भन्दा पनि गुणस्तरीय श्रमीक पठाऔँ । बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्छ । सुरक्षित आप्रवासनको लागि हामी जिम्मेवार हुनुपर्छ ।’

रोजगार व्यवसायी भण्डारीले बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमीकको सुरक्षित आप्रवासनको लागि जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

 

 




भर्खरै