५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजकै दिन मेसीले विश्वकपको ट्रफि उठाएका थिए



अ+ अ-

काठमाडौँ । अघिल्लो वर्ष डिसेम्बर १८  (आजकै दिन) मा कतारको लुसेल रंगशालामा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई स्तब्ध पार्दै विश्वकपको उपाधि जित्यो ।

दुबै टिमले त्यसअघि दुई-दुई पटक विश्वकपको उपाधि जितेका थिए । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फरवार्ड एंगेल डि मारियाको गोलबाट अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो । ७० मिनेटसम्म पनि खेल अर्जेन्टिनाकै पक्षमा थियो ।

तर, ७१ औं मिनेटमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । त्यसको दुई मिनेटको अन्तरालमै एमबाप्पेले दोस्रो गोल थप्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलले एकाएक अर्को मोड लियो ।

निर्धारित समयसम्म खेल २-२ को बराबरीमा गएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो । खेलको १०८ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए । तर, ११५ औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो । एमबाप्पेले उक्त अवसर खेर जान दिएनन् र गोल गर्दै विश्वकप फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।

यसरी ३-३ गोलको बराबरी भएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लाग्ने भयो । पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी बन्दै १९८६ पछि तेस्रोपटक विश्वकपको उपाधि जित्यो ।

अर्जेन्टिनाले विश्वकप जित्नुमा प्रमुख खेलाडी थिए कप्तान मेसी । उनकै प्रदर्शनमा अर्जेन्टिनाले तेस्रोपटक उपाधि उचाल्यो । उनले प्रतियोगितामा सात गोल गरे । उनीभन्दा अघि एमबाप्पेले मात्रै आठ गोल गरेका थिए ।

उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएर ‘गोल्डेन बल’ समेत जिते । क्लब फुटबलमा सर्वाधिक सफल मेसीलाई देशका लागि विश्वकपको उपाधि जिताउनु थियो । जुन उनले एक वर्षअघि आजकै दिन पूरा गरे । जसअनुरुप उनी सर्वकालीन महान फुटबलर बने ।