७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै कार्यभार रहेका मन्त्रालयको काम नयाँ ढङ्गले गरिन्छः नवनियुक्त मन्त्री राई



अ+ अ-

विराटनगर । प्रदेश नं १ का  सामाजिक विकासमन्त्री उषाकला राईले धेरै कार्यक्षेत्र रहेका मन्त्रालयको काम नयाँ ढङ्गले गरिने बताउनुभएको छ । 

प्रदेश प्रमुखको कार्यालयमा आज शपथ लिए लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उहाँले औपचारिक कार्यक्रमको उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन, जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने छौँ ।” मन्त्री राईले आफूले फरक तरिकाले काम गर्ने सोच बनाएकाले यसमा सबै कर्मचारीको सहयोगको अपेक्षा गर्दै केही नयाँ काम गरौँ भन्ने आफ्नो ध्येय रहेको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण पुनः बढ्न शुरु भएकाले यसको नियन्त्रणका लागि जुट्न आग्रह गर्नुभयो ।

 उहाँले अस्पतालमा धेरै फोहोर हुने गरेको सुत्रमा आएकाले सरसफाइमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै मन्त्रालयलाई उत्कृष्ट बनाउन सबैको साथ र सहयोग चाहिने उल्लेख गर्नुभयो । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयको कार्यक्षेत्र, सम्पादन गरिरहेको काम, जनशक्तिलगायतका बारेमा जानकारी गराउनुभएको थियो ।