११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै कार्यभार रहेका मन्त्रालयको काम नयाँ ढङ्गले गरिन्छः नवनियुक्त मन्त्री राई



अ+ अ-

विराटनगर । प्रदेश नं १ का  सामाजिक विकासमन्त्री उषाकला राईले धेरै कार्यक्षेत्र रहेका मन्त्रालयको काम नयाँ ढङ्गले गरिने बताउनुभएको छ । 

प्रदेश प्रमुखको कार्यालयमा आज शपथ लिए लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उहाँले औपचारिक कार्यक्रमको उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन, जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने छौँ ।” मन्त्री राईले आफूले फरक तरिकाले काम गर्ने सोच बनाएकाले यसमा सबै कर्मचारीको सहयोगको अपेक्षा गर्दै केही नयाँ काम गरौँ भन्ने आफ्नो ध्येय रहेको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण पुनः बढ्न शुरु भएकाले यसको नियन्त्रणका लागि जुट्न आग्रह गर्नुभयो ।

 उहाँले अस्पतालमा धेरै फोहोर हुने गरेको सुत्रमा आएकाले सरसफाइमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै मन्त्रालयलाई उत्कृष्ट बनाउन सबैको साथ र सहयोग चाहिने उल्लेख गर्नुभयो । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयको कार्यक्षेत्र, सम्पादन गरिरहेको काम, जनशक्तिलगायतका बारेमा जानकारी गराउनुभएको थियो ।