१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज त्रिविको ४९औँ दीक्षान्त समारोह, १२ हजार ४ सय जनाभन्दा धेरै दीक्षित हुँदै



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ ।राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा १२ हजार चार सय १५ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । समारोह बिहान साढे ११ बजेदशरथ रङ्गशालामा आयोजना हुदैछ ।

२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका त्रिविले जनाएको छ ।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन् । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने त्रिविले जनाएको छ । दीक्षान्त समारोहमा रहेका ५३ वटा स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ ।