काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ ।राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा १२ हजार चार सय १५ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । समारोह बिहान साढे ११ बजेदशरथ रङ्गशालामा आयोजना हुदैछ ।
२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका त्रिविले जनाएको छ ।
यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन् । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने त्रिविले जनाएको छ । दीक्षान्त समारोहमा रहेका ५३ वटा स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ ।