काठमाडौं । राप्रपा नेपालले मुलुकका सात स्थानहरुमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
आज काठमाडौंमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समिक्षा पनि गरेको छ । अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको ब्यबस्था असफल साबित भैसकेकोले यो त्रुटिपूर्ण मार्गचित्रबाट मुकुकले निकास पाउन नसक्ने विश्लेषण गर्दै नयाँ जनआन्दोलनको आबश्यकतामा जोड दिए ।
थापाले आन्दोलनलाई सफल बनाउन बृहत राष्ट्रबादी प्रजातान्त्रिक मोर्चाको निर्माण आबश्यक भएकोले मोर्चा निर्माणमा पार्टीले तदारुकता देखाएको र यसलाई निष्कर्षमा पुर्याउन सबैको सकारात्मक भुमिका र पहल आबश्यक रहेको चर्चा गरे ।
कार्यक्रम अनुसार मध्यमाञ्चलको पौष १२ गते काठमाडौमा, तराई मधेस क्षेत्रको १६ गते जनकपुरमा , मध्यपश्चिमको पौष १८ गते बुटवलमा कर्णालीको पौष २० गते सुर्खेतमा र सुदुरपश्चिमको २२ गते कंचनपुरमा भेला र प्रशिक्षण कार्यक्रम आयोजना गरिने मिति तय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार पश्चिमान्चलको र पुर्बान्चलको मिति पछि तय गरिने भएको छ । उपत्यका भित्र भक्तपुरमा आगामी पौष १४ गते जिल्ला कार्य समितिले सभा आयोजना गर्ने समेत पार्टीले जनाएको छ ।